इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ ठुला शहरमध्ये १३ वटामा रेड अलर्ट जारी गरेको छ । तातो र सुख्खा मौसमले स्वस्थ व्यक्तिलाई समेत स्वास्थ्य जोखिममा पार्ने सङ्केत गरेको छ ।
भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।
मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए ।
कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति भएको छ । सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको हो ।
बाजुराका महिलालाई कोदो रोप्न भाइनभ्याई भएको छ । यहाँ जेठ–असारदेखि साउन दोस्रो हप्तासम्म धान रोपाइँ गर्ने र त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोपिन्छ ।
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।
यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ ।
सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ । मङ्गलबार साझदेखि परेको वर्षाले सडकमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
मोरङको कानेपाखरी –७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार जङ्गलबाट लोपोन्मुख हुँदैगएका बिरुवा रोपेको छ । सामूदायिक वनको भवन उत्तरको खाली जग्गामा सामूदायिक वनले वृक्ष रोपण गरेको हो ।
फरार प्रतिवादी कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ बस्ने ४९ वर्षीया बिन्दु दर्जी परियार र दाङको तुल्सिपुर उपमहानगरपालिका– ९ बस्ने ३३ वर्षीय खिमी कुमारी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
फ्रान्स सरकारले विश्व सभ्यताको शारीरिक एवं सांस्कृतिक पक्षमाथि विस्तृत अध्ययन गरेर एक प्रतिवेदन पेस गर्न फ्रान्सका उद्योगपति, खेलकुदप्रेमी, भद्र व्यक्ति पियरे डी कुबर्टिन (सन् १८६३–१९३७) लाई मनोनयन गरेको थियो । सन् १८८९ मा पियरे डी कुबर्टिनको अध्ययन प्रतिवेदनले खेलकुद–राष्ट्र–खेलकुदको गरिमालाई धेरै महत्व दियो । त्यसपछि उनले पेरिसको सरबोनेमा आधुनिक शैलीमा प्राचीन ओलम्पिकलाई पुनर्जीवित गर्नु पर्छ भन्दै सन् १८९२ नोभेम्बर २५ मा एक ‘लेक्चर’ दिए । उनका कुरामा उपस्थित सबैले ताली बजाएर समर्थन गरे ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ ।
बाजुराको साँफे मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकअन्तर्गत बडिमालिका नगरपालिका –६ स्थित नुनेपानी सडकमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।
जितबहादुर केसीलाई नेपालको एथलेटिक्स क्षेत्रमा कहिल्यै बिर्सन सकिँदैन । उनले ट्र्याक एन्ड फिल्डमा नेपालका लागि सर्वाधिक ठूलो पदक जितेका छन् । सन् १९७३ मा मनिलामा सम्पन्न एसियन ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा उनले तेस्रो स्थान प्राप्त गरेका थिए । एसियालीस्तरमा प्राप्त गरेको यो उपलब्धि हालसम्म कसैले पनि तोड्न सकेको छैन । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । अझ योभन्दा पनि सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित २० औँ ओलम्पिकमा म्याराथन जित्ने धावकका रूपमा उनलाई हेरिएको थियो । यसबारे अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले समाचार नै प्रकाशित ग¥यो तर दुर्भाग्य म्युनिख ओलम्पिकमा भएको दुःखदायी घटना र शारीरिक अवस्थाले उनलाई यो लक्ष्यमा पुग्न दिएन ।