जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव झेलिरहेको छ । दक्ष प्राविधिक जनशक्ति नहुँदा मन्त्रालयका काम प्रभावित बनेका छन् । मन्त्रालयमा आठौँ र नवौँ तहका ८० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोही अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको मन्त्रालयका सचिव टीकाराम थापाले बताउनुभयो । दक्ष जनशक्ति नहुँदा कार्यसम्पादनमा असर परेको उहाँले जानकारी दिनुभयो ।
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत वर्ष असोजमा भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले दर्जनौँ विस्थापित भए । विस्थापित भएको दुई वर्ष पुग्दा पनि पीडितको अझै व्यवस्थापन हुन सकेको छैन ।
चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मङ्गलबार हस्तान्तरण गरिएको हो ।
गुल्मीमा पछिल्लो तीन वर्षमा २३८ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर र चक्कु प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
जलसतह मापक (गेज रिडर) रामलौटन चौधरीलाई जोखिमपूर्ण काम उमेरले छेकेको छैन । उमेरले ७२ काटे पनि उहाँमा काम गर्ने जोश र जाँगर तन्नेरीको भन्दा कम छैन । कैलालीको पहलमानपुर घर भएका चौधरी पहलमानपुर जलमापन केन्द्रको कान्द्रा नदी जलसतह मापन गर्दै आउनुभएको छ । २०५६ सालदेखि सो काम गर्दै आउनुभएका चौधरी भन्नुहुन्छ, “जबसम्म सक्छु, तबसम्म यही काम गर्छु ।” यो उमेरमा मान्छेको शरीर स्वाभाविक रूपमै कमजोर बन्दै जान्छ । कामभन्दा बढी आराम चाहिन्छ तर उहाँमा भने त्यस्तो अवस्था देखिँदैन । मनसुन सक्रिय भएसँगै चौधरी के दिन, के रात नदीमा पानीको बहाव नाप्न पुग्नु हुन्छ । यसरी मापन गरेको जानकारी उहाँ सम्बद्ध अधिकारीलाई सुनाउनुहुन्छ ।
नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।
परम्परागत सिप, कला र ज्ञान भएका दलित समुदायका पाका शिल्पकार रोजगारीका लागि विदेश पलायन हुन थालेपछि मौलिक सामग्रीको उत्पादन सङ्कटमा पर्न थालेको छ । मन्दिरका कलात्मक ढोका बनाउनेदेखि, दमाहा, हुड्को बनाउने र बाजा बजाउने चलन हराउन थालेको छ । प्लास्टिकका भाँडाले बजार ओगटेपछि तामा, फलामलगायतका मौलिक कला र वस्तु विस्थापित भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास–३, को भुडेश्वर गाउँका आठ जना परिवारको घर खेतमा क्षति पुगेको छ । स्थानीयवासीले भने भागेर ज्यान जोगाएका छन् । आइतबार राति परेको अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा स्थानीय जस्विर साउद, गणेश साउद, गङ्गाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार विस्थापित भएका छन् । पहिरोले घर र खेतमा क्षति पु¥याएको जस्विर साउदले बताउनुभयो । सिगास गाउँपालिका–३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।
कालीकोट जिल्लामा खर्च हुन नसकेको र यस वर्ष एक अर्ब ११ करोड बजेट फिर्ता गएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान बजेटमध्य खर्च हुन नसकेर यस वर्ष कालीकोटबाट एक अर्ब १० करोड ९९ लाख १९ हजार ६९९ रुपियाँ फिर्ता गएको हो ।
मुलुकको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक दिएको छ । संवैधानिक हकको व्यवस्था हुँदाहुँदै पनि मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने काम भएका छन् । जनसङ्ख्याको तीव्र वृद्धि, सहरीकरण, तीन तहका सरकारको भिन्न शासकीय शैली तथा समन्वय अभावलगायतले खास गरी फोहोरमैला व्यवस्थापन जटिल समस्याका रूपमा देखिएको छ । फोहोरमैला व्यवस्थापन सबै तहका सरकारबिच अन्तरसम्बन्धित विषयसमेत हो । ठुला सहरको फोहोरमैला व्यवस्थापनमा सम