उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
अविरल वर्षापछि आएको बाढी र पहिराेका कारण रामेछापमा विभिन्न स्थानका सडक अवरुद्ध बनेका छन् । गए रातिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् ।
पोखरा महानगरपालिका –६ लेकसाइड नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा आगलागी भएको छ । गएराति सवा २ बजे मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको ढुङ्ग्रेस्थित बेलगाछीे पुलमा बाढीले क्षति पुर्याएकाे छ ।
कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जंगली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो ।
वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ ।
डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।
प्रत्यक वर्ष जस्तै यस वर्ष पनि देशभरका विभिन्न जिल्लामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले साउनयता काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।
तनहुँको म्याग्दे गाउँपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।
बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ ।
सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिनुभयो ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको वालिङ पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ ।