• ११ मंसिर २०८१, मङ्गलबार

जापानमा हिटस्ट्रोक अलर्ट जारी

blog

जापान, साउन १६ गते । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने क्रम जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ ।

जेएमएका अनुसार साइतामा, माइबाशी, क्योटो र ओकायामा सहरहरूमा दिनको उच्च तापक्रम ३९ डिग्री र मध्य टोकियो, उत्सुनोमिया, ओत्सु र कोची सहरहरूमा ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

मौसम अधिकारीहरूले मानिसलाई एयर कन्डिसनरहरू प्रयोग गर्न नहिचकिचाउन र बारम्बार तरल पदार्थ र नुन लिन र अनावश्यक बाहिर निस्कन र व्यायाम नगर्न आग्रह गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल