कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनी बजार र वरपरका बस्ती संरक्षण गर्न सञ्चालित नौ वटा ठुला संरक्षण योजना सम्पन्न भएका छन् । दुई वर्ष अघिदेखि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण परियोजना पोखराले बेनी बजार संरक्षण आयोजना सञ्चालन गरेको थियो ।
आधुनिक ओलम्पिकको इतिहासमा हजारौँ खेलाडीले प्रतिस्पर्धा गरेर आफूलाई ओलम्पियन भनाउने सौभाग्य पाएका छन् । यीमध्ये केही खेलाडीको अहिले पनि सम्झना गरिन्छ । यिनीहरूलाई ओलम्पिकका महान् खेलाडीका रूपमा लिइन्छ । जसमध्ये अमेरिकाका पौडी खेलाडीद्वय माइकल फेल्प्स, मार्क स्पिज र रोमानियाकी जिम्न्यास्ट नादिया कोमानेसी पनि हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य क्बलहरुको आयोजनामा भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता हुने भएका छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता प्राप्तिका लागि नभइ देशमा राजनीतिक स्थायित्वका लागि नयाँ सत्ता समीकरण परिवर्तन भएको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भई बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने दुई दर्जन सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । आफूहरूले थोरै थोरै गरेर सहकारीमा बचत गरेको रकम आवश्यक परे
नेपाल सरकारले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार बुटवलस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म सहयोग गरेका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । शेरचनले तीन वर्षको कार्यकालमा धेरै कार्यव्रmममा सहभागी भई जनताको मन जित्ने प्रयास गरेको उल्लेख गर्नुभयो । यस अवधिमा धेरै क्षेत्रमा आफूले सहयोग र सहकार्य गरेको पनि उल्लेख गर्नुभयो ।
मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा विद्युत् अवरोध हुँदा २५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्नु परेको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिकास्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत् आयोजना बाढीले बगाएपछि चुम्चेतका स्थानीय अन्धकारमा बस्नु परेको हो ।
स्याङ्जाको वालिङ नगरपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाई खरिदमा अनुदान दिएको पालिकाले उत्पादनमा आधारित नगद अनुदानसमेत दिँदै आएको छ । नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउन गाई खरिदमा अनुदान दिएको जनाएको छ । ‘वालिङ नगरपालिका दुधमा आत्मनिर्भर एवं अनुदान कार्यान्वयन कार्यविधि, २०८०’ लाई पालिकाले कार्यान्वयन गर्दै ३९ वटा गाई खरिदमा १९ लाख ३० हजार रुपियाँ अनुदान दिएको हो ।
काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छो
रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् ।