नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ ।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्री उपस्थित भएका छन्।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।
नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिनुहुने भएको छ। सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो।
बुधवार बिहानदेखि परेको वर्षाले गर्दा नेपालगन्जका अधिकांश भागहरु जलमग्न भएको छ । बिहानैदेखि निरन्तर परेको बर्षाले विभिन्न ठाउँका सयौं घर र पसलमा पानी पसेर सामान क्षति गरेको हो ।
राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बिच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।
चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते हुनु भएको छ । शुक्लाफाँटा नगरपालिका –५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते हुनुभएको हो ।
काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड तीन सातादेखि अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । गत असार २८ गते परेको अविरल वर्षाले भीमसेन थापा गाउँपालिका–५ र सहिद लखन गाउँपालिका–९ बुङकोट जोड्ने ज्यादुरखोलामा मोटेरबेल पुलको दुई साइड बाढीले बगाउँदा आवतजावतमा समस्या भएको हो ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । विषालु सर्पको टोकाइबाट स्थानीय ४८ वर्षीय राज सिंकार घाइते भएका हुन् ।
खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका १० जना महिलालाई उपचारको लागि अस्पताल लगेको छ ।