• १२ मंसिर २०८१, बुधबार

राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल

blog

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक ।

काठमाडौँ, साउन १६ गते। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्री उपस्थित भएका छन्।

मंगलबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित हुनुभएको हो। 

बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महारीक्षक राजु अर्याल, मन्त्रालयका सचिवलगायतको उपस्थिति छ। 

बैठक अहिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छ। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी विषयमा छलफल भइरहेको छ।