सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहना पूरा गर्ने गरी स्थानीय पूर्वाधार विकासमा काम गर्न निर्देशन दिनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद् जस्ता विश्वव्यापी सङ्कटको सामना गर्न एसियाली देशहरूबिच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् ।
कोहलपुर नगरपालिका १० कालिकानगर बस्ने ६५ वर्षीय हरि बहादुरलाई डुडुवा खोलाले बगाएपछि बेपत्ता भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा सङ्कटाले आर्मीलाई २–१ गोलले हरायो ।
चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्वपश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवम् प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउनुभएको छ ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलो मिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०-८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतले ‘क्लिन स्वीप’ गरेको छ ।
बेनी नगरपालिका २ बगरफाँटमा घरघरमा मिटर सहितको खानेपानीका धारा निर्माण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।