• ११ मंसिर २०८१, मङ्गलबार

स्थायित्वका लागि नयाँ समीकरण : महासचिव पोखरेल

blog

नेकपा (एमाले) महासचिव शंकर पोखरेल । फाइल तस्विर

गोकर्ण पौडेल 

तुलसीपुुर, साउन १६ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता प्राप्तिका लागि नभइ देशमा राजनीतिक स्थायित्वका लागि नयाँ सत्ता समीकरण परिवर्तन भएको बताउनुभएको छ । 

एमाले दाङ जिल्ला कमिटीले आयोजना गरेको पहिलो बैठकमा बोल्दै महासचिव पोखरेलले एमाले देशमा बढ्दो अस्थिरता रोक्न नयाँ समीकरण गरेको बताउनुभयो । 

उहाँले संविधान संशोधनबाट गणतन्त्र स्थापनापछि देशमा देखिएको अस्थिरता रोक्न महत्वपूर्ण कडीका रुपमा लिइएको बताउनुभयो । 

महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्वको सरकारले देशको आर्थिक समस्या समाधान गर्ने बताउनुभयो । सरकार बनेसँगै अर्थतन्त्रको सकारात्मक संकेत देखा परेको उहाँले बताउनुभयो । महासचिव पोखरेलले मुलुकको दुई ठूला पार्टी मिलेर देशमा विकास र स्थिरता कायम गर्ने बताउनुभयो ।