कर्मचारीतन्त्र सरकारको मुख्य कार्यकारिणी संयन्त्र हो । यस संयन्त्रलार्ई सरकारको सोच, योजना, रणनीति र कार्ययोजना अनुरूप अधिकतम परिचालन गर्न जरुरी हुन्छ । शासनको अनुभूति गराउने मुख्य माध्यम भएका कारण सरकार देख्न सकिने ऐनाका रूपमा समेत कर्मचारीतन्त्रलाई स्वीकारिएको हुन्छ । परिवर्तित सन्दर्भ अनुकूल जनताको बढ्दो महत्वाकाङ्क्षा, आवश्यकता र आपूर्तिबिचको अन्तर तथा सरकारी संयन्त्रबाट हुने गरेको कमजोर कार्यसम्पादनलगायतका तथ्यले हिजोका सरकारबाट भएका कार्यसम्पादनले जनताको विश्वास जित्न नसकेको स्पष्ट हुन्छ । जनताको जीवनस्तर उठाउने र मुलुकको समग्र वि
नेपालमा राजनीतिक परिवर्तन धेरै भए तर प्रशासनिक परिवर्तन हुन सकेको छैन । प्रशासनिक परिवर्तनका नाममा लेख्ने ठाउँमा टाइप गर्न थालियो, टाइप गर्ने ठाउँमा कम्प्युटरबाट प्रिन्ट गर्न थालियो, नागरिकता, राहदानी, लालपुर्जा बनाउन सफ्टवेयर पनि तयार भए तर जनतालाई दिइने प्रत्यक्ष सेवाको तौरतरिका भने परिवर्तन हुन सकेनन् । जनताका सेवाका लागि गरिने विधि, पद्धति तथा प्रव्रिmया परिवर्तन भएनन् । एउटा कामका लागि कार्यालयका कोठा–कोठा पुग्नु पर्ने नियतिमा अझै सुधार हुन सकेको छैन ।
जाजरकोटमा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाँउपालिका–४ टाँगाचौरस्थित कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो ।
प्रख्यात रहेको वराहक्षेत्र मन्दिरको पुरातात्त्विक स्वरूप हराउँदै गएको छ । पछिल्लो समय मन्दिर परिसर क्षेत्रमा रहेका पुरातात्त्विक संरचनालाई कङ्व्रिmटले नयाँ स्वरूपमा पुनर्निर्माण गर्दा पुराना शैलीका पाटीपौवाको स्वरूप हराउँदै गएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोका परिकारको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय कृषक महासङ्घ र एग्रिकल्चर जर्नालिस्ट एसोसिएसन नेपाल (अनाज) ले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको चौथो कोदो दिवसको उद्घाटन गर्दै मन्त्री अधिकारीले खाजाका रूपमा कोदोको परिकार प्रयोग गर्न अति उपयोगी हुने बताउनुभयो । “कोदो स्वास्थ्यका लागि लाभदायक हुन्छ, कोदो खाएर हुर्किएको हो, अझै पनि गाउँमा कोदो खेती गरिरहेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “सबैले बाँझो खेर गएको जमिनमा खेती गर्नुहोस् ।”
मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो ।
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मरिण गाउँपालिका–२, सिन्दुरे दोभानका नरबहादुर अस्थानीले विगत १० महिनादेखि आफ्नो घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत असोजमा उक्त गाउँ राष्ट्रिय
१. हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ९८ औँ – सन् २०२३ मा नेपाल १०३ औँ स्थानमा थियो । – हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा यात्रा गर्न फ्री भिसा उपलब्ध हुने गरेको छ । – विश्वका शक्तिशाली पासपोर्टको सूचीको पहिलो
विधेयकका प्रकार १. विधेयक भन्नाले के बुझिन्छ ? सङ्घीय संसद् वा प्रदेश सभामा पेस हुने विधेयकका प्रकारहरू जानकारी गराउनुहोस् । नयाँ कानुन निर्माण वा विद्यमान कानुनमा संशोधनका लागि संसद वा सभामा पेस गरिएको कानुनको मसौदा वा प्रस्तावलाई विधेयक भनिन्छ । यसलाई निश्चित ढाँचा र कानुनी भाषामा लेखिएको हुन्छ । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार संसद्ले मात्र ऐन निर्माण गर्ने हुँदा ऐनको मसौदालाई नै विधेयक भनी बुझ्नु पर्छ । नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (झ) मा विधयेक भन्नाले सङ्घीय संसद् वा प्रदेश सभामा पेस भएको संविधान संशोधन वा ऐनको मस्यौदा सम्झनु पर्छ भनी उल्लेख गरिएको छ । विधेयकका प्रकार
जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’ का उपाधि विजेता लोयाङ शेर्पाको स्वरमा ‘सान्नानी’ बोल गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ । गीतमा एरिक विश्वकर्माको शब्द, सङ्गीत तथा विराज गौतमको सङ्गीत संयोजन रहेको छ । रसिक राजको निर्देशन रहेको भिडियोमा प्रिन्सु रेग्मी, युना सिंह ठकुरी, बाटिका बिजुक्छे, दिव्या नेपाली, सिम्रिका श्रेष्ठ र लोयाङको अभिनय रहेको छ । गीतमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको सङ्गीत संयोजन र विकास सिटौलाको छायाङ्कन रहेको छ ।
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच साहित्यिक कृतिको छनोट गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले २०६३ सालदेखि एक आर्थिक वर्षमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार चयन समितिको सिफारिस अनुसार प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सो सूचीमध्येबाट उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि एक कृतिको चयन गर्ने छ ।
बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ मङ्गलबार सार्वजनिक गरिएको छ । दी स्टोरी किचेनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखेर नेपाली महिलाको अवस्थालाई छर्लङ्ङ पारेको बताउनुभयो ।
जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोडभन्दा बढीको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आवमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि १५ दिनदेखि ठप्प रहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट पास गर्न नसकेपछि प्रदेशमा आर्थिक गतिविधि शून्य रहेको हो । बजेट र यससँग सम्बन्धित ऐनहरू पास भएपछि मात्रै नयाँ आवमा राजस्व सङ्कलन र खर्च गर्न पाइन्छ । आर्थिक विधेयक पास नहुँदा राजस्व सङ्कलन र विनियोजन विधेयक पास नभएका कारण खर्च रोकिएको छ । आर्थिक ऐन र विनियोजन ऐन नभएका कारण राजस्व सङ्कलन र खर्च शून्य रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताउनुभयो ।