प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरूको मनोनयन गरेको छ ।
जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले मनसुनजन्य विपद्का कारण विस्थापित भएका परिवारको अवस्था दयनीय रहेको बताउनुभएको छ।
प्रतिनिधि सभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो ।
रुसी सेनाले मङ्लबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ ।
नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ ।
मिथिला क्षेत्रको अन्य पर्वझै ‘मधुश्रावनी’ पर्व पनि एक महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । यस पर्वले मिथिला क्षेत्रको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । विवाहित महिलालाई जिउने तरिका सिकाउँछ यस पर्वले ।
कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक’’ बल प्रयोगको निन्दा गर्नुभएको छ ।
नेपालबाट भारतको गोवा जाने भनी भारतीय बसमा चार दिन अघि त्यसतर्फ हिँडेका पश्चिम नेपालका विभिन्न जिल्लाका सय जना नेपाली अझै गोवा पुगेका छैनन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीन सरकारले नेपालको आर्थिक विकास र समृद्धिका लागि शुभेच्छुक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।
कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरुलाई २६ बुँदे निर्देशन दिनुभएको छ ।
मौसम सफा भएसँगै देखिएको तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँट र पतेनी आसपासका हरियाली दृश्य ।