सिरहाको कल्याणपुर नगरपालिका-१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित वि.सं.२०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा विद्युत अवरोध हुँदा २५० घर धुरी ४ दिनदेखि अन्धकारमा बस्नु परेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका-५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।
डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार मसान्तसम्म एक करोड ३७ लाख राजस्व सङ्कलन असुल उपर गरेको छ ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजारसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।
छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक स्थलका योजना निर्माण भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रुढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बाजुराका नौ वटै पालिकाका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका हुन् ।
मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।
भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलबार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।