भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
स्याङ्जामा ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०÷८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ ।
हिरासत शिविरमा प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायलको सेनाले सैनिकहरुमाथि अनुसन्धान सुरु गरेको छ ।
सन् २०२४ को पहिलो छ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ ।
स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृष्य ।
पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबिच सहकार्य भएको बताउनुभएको छ ।
पियरे डी कुबर्टिनले आधुनिक ओलम्पिकको जग बसाल्ने बेलामा अहिलेको जस्तो प्रतियोगिताको कल्पना गरेका थिएनन् । उनले यस्तो ओलम्पिकको परिकल्पना गरेका थिए जहाँ युवाले आर्थिक लाभको आशाबिना खेल भावनाले ओतप्रोत भएर आपसमा प्रतिस्पर्धा गरून्, जहाँ कुनै किसिमको छलकपट नहोस्, प्राकृतिक क्षमता र सामथ्र्यको मूल्याङ्कन होस् । कुबर्टिनको यस्तो परिकल्पनालाई धेरथोर आत्मसात् गर्दै ओलम्पिक अभियानले १३० वर्ष पार गरेको छ ।
नेपालका म्याराथन धावक वैकुण्ठ मानन्धरको पहिलो ओलम्पिक यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन । सन् १९७६ क्यानडाको मोन्ट्रियलमा आयोजना भएको ओलम्पिकमा भाग लिन उनी एक्लै नेपालबाट उडेका थिए । त्यतिबेला भएको के थियो भने ओलम्पिकमा वैकुण्ठ र जितबहादुर केसीलाई पठाउने निधो भयो तर पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बजेट अभाव देखाउँदै वैकुण्ठलाई मात्र ओलम्पिकमा भाग लिन पठायो । किनभने वैकुण्ठले छनोट खेलमा सन् १९७२ को म्युनिख ओलम्पिकमा भाग लिएका जितबहादुरलाई पहिलो पल्ट उछिनेका थिए ।