वीरेन्द्रनगरमा निर्माणाधीन तीन वटा सरकारी भवनको फेरि म्याद थपिएको छ । सम्झौता अवधि सकिए पनि भवन निर्माणको काम नसकिएपछि म्याद थपिएको हो । प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको म्याद थपिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा नौ वर्षअघि सुरु गरिएको खानेपानी योजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र विश्रामपुरवासीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो ।
उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।
जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले यातायात व्यवस्था कार्यालय मातहत रहेको ट्रायल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरी सवारी लाइसेन्स वितरण प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेश सरकारले प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा मुलुकको वैदेशिक व्यापारको अवस्थाबारे गम्भीर अभिव्यक्ति दिनुभएको थियो । अरूले बेचिरहने र हामीले किनिरहने मात्र भएकाले यस्तो स्थितिलाई व्यापार भन्न नमिल्ने भन्दै प्रधानमन्त्रीले अब हामीले पनि व्यापार गर्न सुरु गर्नुपर्ने बताउनुभएको थियो । त्यसो त विगतमा नेपालले पनि केही वस्तुको व्यापार गरेकै हो तर केही वर्षयता भने निर्यात घट्दो छ र आयात फराकिलो हुँदै छ । भन्सार विभागले प
निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकलाई निवृत्तिभरण (पेन्सन) बापत करिब ७७ अर्ब ९० करोड रुपियाँ खर्च भएको छ । कार्यालयका अनुसार यसरी पेन्सन पाउनेमा निजामती कर्मचारी ८८ हजार २९६ जना, नेपाली सेनाका एक लाख एक हजार ७६१ जना, प्रहरीका ६२ हजार १७६ जना र शिक्षक ५५ हजार ७८६ जना रहेका छन् । यी राष्ट्रसेवकले आफ्नो उर्वर समय सरकारी सेवामा अर्पण गरेबापत यो सुविधा पाएका हुन् । यसरी सेवानिवृत्त कर्मचारीलाई जीवनयापनका लागि पेन्सन दिने विश्वव्यापी प्रचलन नै हो । यसलाई सरकारी सेवामा उत्पादनशील समय खर्चिएबापतको क्षतिपूर्तिका रूपमा पनि बुझिन्छ । यसै गरी जेहेनदार व्यक्तिलाई सरकारी सेवामा आकर्षित गर्न पनि
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
अनगन्ती विशिष्टताले भरिएको मुलुक नेपालले भुइँको टिप्न खोज्दा पोल्टामा भएको धेरै कुरा खसालिसकेको छ । हरित क्रान्तिको आँधीबेहरीबाट धेरै मुलुकले राहत प्राप्त गरे तर आफूभित्रको कस्तुरीको पहिचान नगरी लहडमा लाग्दा न हामीले कृषिलाई उन्नत बनाउन सक्यौँ न हामीसँग भएका अथाह ज्ञान, सिप, प्रविधिलाई जोगाउन नै सक्यौँ । जमिनको खण्डीकरण, माटोको मरुभूमीकरण, मल, बिउ, प्रविधिसँगै भएका कृषि उपजको डरलाग्दो आयातसँगै युवाको निर्यातले थेगेको अर्थतन्त्र कतिखेर दुर्घटनामा पर्छ भन्न सकिँदैन ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र ९बयान० लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०र ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।
जसरी विद्युत्गृहबाट उत्पादित विद्युत्शक्तिको क्षमता मेगावाट (मेवा) एकाइमा जनाइन्छ, त्यसरी नै खपत ऊर्जाको परिमाण उक्त विद्युत्शक्ति कति समयसम्म खपत भयो भन्ने विषय भएकाले मेगावाट घण्टा एकाइमा जनाइन्छ । त्यसै गरी प्रसारण तथा वितरण लाइन (तार) हरूको क्षमता भोल्टेजमा जनाइन्छ, जसको एकाइ भोल्ट, केभी वा किलोभोल्ट हुन्छ । यसअघि पनि भनिएको छ, उत्पादित विद्युत् लामो दुरीमा प्रसारण गर्नुपर्दा चुहावट (लस) न्यूनीकरणका लागि ट्रान्सफर्मरमार्फत विद्युत्को क्षमता (मेवा) परिवर्तन नगरी भोल्टेज अभिवृद्वि (स्टेपअप) गरिन्छ । त्यसो गर्दा करेन्ट प्रवाह घट्छ । अर्को लोड सेन्टर भएको ठाउँ (जहाँबाट वितरण गरिन्छ) मा भएको सबस्टेसनमा राखिएको स्टेपडाउन ट्रान्सफर्मरमार्फत यसअघि बढाएको भोल्टेजलाई घटाएर ३३ केभी वा ११ केभी