काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।
गोरखापत्र संस्थानबाट प्रकाशन हुने गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री अब नेपालीपात्रोमा पनि पढ्न सकिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
विश्वव्यापी तनाव व्यवस्थापनमा चीन ‘महत्त्वपूर्ण मध्यस्थकर्ता’ भएको इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा बताउनुभएको छ ।
उत्तरी गोरखामा पहिरोमा पुरिएका एकै घरका तीनसहित चार जनाको शव फेला परेको छ । धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा सोमबार पहिरोले पुरिएको अवस्थामा घरभन्दा ३० मिटर तल जीतबहादुर गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र जीत बहादुरको कृषि फर्ममा काम गर्ने कामदार ३३ वर्षीय रमेश गुरुङको शव पुरिएको अवस्थामा फेला परेको हो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि बिचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।
जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो ।
पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले हार खेपेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो ।
पोलियोविरुद्धको खोप अभियानमा लक्ष्यभन्दा पनि बढी बालबालिकाले खोप लगाएको पाइएको छ ।
बाढीका कारण पूर्ण रूपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका-१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिव २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्ने गरेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।