सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ ।
निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
कैलालीको गोदावरी नगरपालिका-९ मा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाइ सवारी साधनहरू खटाइएको छ । चालक विहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ ।
इजरायली–नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी सिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ ।
गत ०७९ सालको असोज महिनाको तेस्रो साता भारी वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको बाढी पहिरोले सयौँ परिवार विस्थापित भए । तर विस्थापित भएको २४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएका ५ जनामध्ये १ जनाको शव सोमबार दिउँसो १२ः४५ बजे भेटिएको छ ।
आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नुु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उहाँ जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधि स्थगन गरिएको छ ।
इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो ।