आन्तरिक राजस्व सङ्कलनमा कमी आएको छ । मालपोतबाट आउने दस्तुर र अन्य शीर्षकमा पनि कमी हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलनमा कम भएको हो ।
संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१२ को सार्किबारा बस्तीका चार घर पहिरोले पुरेको छ । लगातार भएको वर्षाका कारण गएको पहिरोले आइतबार राति चार घरमा क्षति भएको हो ।
धनुषाको ढल्केवरस्थित कृषि उपज बजार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ ।
बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर क्षेत्रभित्र चन्दा सहयोग जुटाएर धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।
कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा दुर्लभ अजिङ्गर फेला परेको छ । अजीङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले स्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।
सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।
पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।
दाङको घोराही उपमहानगरपालिका(१७ स्थित मदन भण्डारी कृषि प्राविधिक शिक्षालय एग्रिकल्चर इन प्लान्ट साइन्स तेश्रो वर्ष छैठौँ सेमेस्टरका विद्यार्थी घोराही(१६ तेरौटेमा रहेको नविनतम कृषि फर्ममा फलेर सकिएको गोलभेँडाको झाल उखेल्दै ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित नरसिंहकोटको चरन क्षेत्रमा चर्दै गरेका पशु चौपाया ।