एक नयाँ अध्ययनअनुसार वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूलहरू खोज्न कठिन बनाएको छ ।
उत्तरपश्चिमी पाकिस्तानमा जनजातिबीचको भूमि द्वन्द्वले मेसिन गन र मोर्टारहरूका साथ साम्प्रदायिक लडाइँमा परिवर्तन हुँदा हालसम्म ३५ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उहाँको दौडमा यो अचम्म पार्ने उपलब्धि हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताउनुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ।
नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिनुभएको हो।
आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ ।
बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई आठ विकेटले हरायो ।
बर्दिबास–६ स्थित रातु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार बर्दिबास –७ किसान नगरका विक्रम अधिकारीको १२ वर्षीय छोरा रिदम अधिकारीको आइतबार डुबेर मृत्यु भएको हो ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।
गौरवमय इतिहास बोकेका दुई प्राज्ञिक संस्था गोरखापत्र संस्थान र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागविच प्राज्ञिक विषयमा सहकार्य गरिने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरूको नागरिकता छानबिन गर्न सरकार र संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।
अपाङ्गता भएका व्यक्तिका प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतनात्मक कार्यक्रमले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि काभ्रेपलान्चोक जिल्लामा विनियोजन गरेको कुल कुल बजेटमध्ये करिब ९३ प्रतिशत बजेट खर्च भएको छ।