नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा-१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ।
ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ ।
नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगतकै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
यातायात व्यवसायीले सात बुँदे माग राख्दै पोखरामा गरेको आन्दोलनमा दुई पत्रकारमाथि हातपात भएको छ। पत्रकार भएको परिचय दिँदै दिँदै उनीहरुले पृथ्वीचोकमा पत्रकार सुरज थापा र बिनु थापामाथि कुटपिट गरेका हुन्।
प्रतिनिधि सभाका संसद्ले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छानिएका छन् ।
कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो ।
गुल्मीमा कृषकको आम्दानीमा वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।
डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफूलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नति गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नुहुनेछ ।
त्यस्तै, कोषले २५ नगरपालिकामा खानेपानीका आयोजनाहरुमा लगानी गरेर काम गरिरहेको छ भने ५० बढी नगरपालिकामा खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन्। जसको लागि करिव १५ अर्ब रुपियाँ छ ।
त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो । घरछेउबाट मर्स्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मर्स्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रूप फेरेका थिए ।