उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ।
उत्तरी गोरखको धार्चे गाउँपालिका –२ को रुन्चेतमा ३ वटा पानीघट्ट बाढीले बगाएको छ । करिब ३ सय घरधुरीलाई अन्न पिसानीका लागि अहिले समस्या परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने प्रमुख उद्धेश्यले १७ औं भानु कप फुटबल प्रतियोगिता हुने भएको छ ।
दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ सिङला स्थित रेसेगाउँमा एकै घरका ३ जना सहित पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । रेसेगाउँमा कृषि फार्म र नजिकै रहेको घरमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका हुन् ।
धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र मार्चे लेक पर्यटकीय गन्तव्यको रुपमा समेत रहेको छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाले हालै ग्राभेल गरेको जुम्लाबाट मुगु जाने सडक ।
मुगुको सदरमुकाम गमगढीबाट देखिएको छायाँनाथ रारा नगरपालिका–१३ स्थित मुगु कर्णाली नदी किनारमा रहेको रुघा गाउँ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारालेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ ।
एउटा बसह थालौँ र निष्कर्ष निकालौँ । नेपालमा साहित्यिक पत्रिका प्रकाशनको इतिहास सङ्ख्याका हिसाबले समृद्ध छ तर ती सबै पत्रिका किन जीवित भएनन् ? यस्ता पत्रिका प्रकाशन गर्ने कसले म यसको प्रकाशन बिचै
मुगुको छायाँनाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् ।
छाँयानाथ रारा नगरपालिका–१, ठिनीमा रहेको १५ शैयाको जिल्ला अस्पताल मुगु र आसपासको क्षेत्र ।
सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो ।