३० औँ विश्व आदिवासी दिवस मनाइने भएको छ ।
बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका –११ स्थित सिर्जनानगरमा रहेको आफन्तको घरमा आएका दुई बालक तिनाउ नदीमा पौडी खेल्नेक्रममा हराएका थिए ।
जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबिचको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
जनकपुर-जयनगर रेल्वेको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाउनुभएको छ । जनकनन्दनी गाउँपालिका-३ महुवाका अन्दाजी ३५ वर्षीय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाउनुभएको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताले पुराना पुस्ताको योगदानलाई बिर्सन नमिल्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ।
नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थितरुपमा खोल्ने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि कोरिडोर ठप्प रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताउनुभएको छ।