कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिए पनि कांग्रेसको सहभागिताबारे टुङ्गो लागिसकेको छैन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।
पोखराको विजयपुरवारिको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभई यहाँका पाइने माछाका परिकारले चर्चित छ ।
तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ ।
१५ वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ ।
जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली रूपमा केन्द्रका लागि आवश्यक पर्ने मुद्रण उपकरण खरिद गर्दा छापाखाना निर्माणको काममा प्रगति हुन सकेको छैन ।
चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो ।
एक अपाङ्ग दलित महिलालाई छिमेकीले मकै गोड्न बोलाउँदा उनले छोरी पराई घर गई सकेको भनेपछि फोनबाट प्रहरीमा बालविवाहको उजुरी परेको छ । महिलाले श्रीमानको मृत्युपछि आरनको काम बन्द हुँदा छोराछोरी हुर्काउन गाह्रो भएको गुनासो गर्नु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी एक वर्षभित्रै सञ्चार जगतका लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउनुभएको छ ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ । शुक्रबार रिकोनको सम्पन्न ७औँ साधारण सभाबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
जलजला ७ धाइरिङ मिलन चोकका युवा किसान दीपक शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अङ्गालेको निर्वाहमुखी परम्परागत कृषि पेसालाई व्यावसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्मा गाउँपालिकाकै नमुना किसानको परिचय बनाउनुभएको छ ।
काठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात/आठ वर्षमै आ
राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको कर्णालीकै पर्यटकीय स्थल स्यार्पुताल यति बेला टम्म भरिएको छ । बर्खा लागेसँगै लोभलाग्दो सुन्दरता बढिरहेको स्यार्पुतालले यति बेला पर्यटक पर्खिरहेको छ ।