जब अमेरिकाले प्रवेश अनुमति दियो एक एक दिन गर्दागर्दै अमेरिका उड्ने दिन सँघारमै आएर उभियो । मेरो साथीको भने सधैँ जसो तौलको अनुमति पाएको दुई वटा ठुला झोला थिए । यात्रामा भेटिएका यात्री कहिले ग
विसं २०४६ पछिको नेपाली राजनीतिमा मधेश र मधेश आन्दोलनसँग गाँसिएर आउने नाम हो, राजेन्द्र महतो । काठमाडौँमा वर्णभेदको टिठलाग्दो मनोविज्ञान छ । क्षेत्रलाई हेर्ने केन्द्रको मिचाहा संरचना र स्वभाव छ
स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे मागी हिँड्नेको सूचीमा तिम्रो पनि नाम थियोे !
घामको चुल्ठो बाटेर चन्द्रमा शिरफूल लाऊँला
एक हजार दुई सय मिटरदेखि तीन हजार मिटरको उचाइमा पाइने अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ लाई अङ्ग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ भनिन्छ भने कुलुङ जातिले चाहिँ आफ्नो मातृभाषामा ‘जा–खिल्ल/जाखिल्मा’ भन्ने गर्छ
वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शैया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ ।विरशमशेरको जन्म वि.सं १९०९ मङ्सिर २७ गते धीरशमशेरका जेठा छोराका रूपमा भयो । उनी जन्मेकै दिन उनकी आमाको मृत्यु सुत्केरी जटिलताका कारण भयो । त्यसपछि उनको स्याहारसुसार तत्कालीन प्रधानमन्त्री जङ्गबहदुर राणाको थापाथलीस्थित दरबारमा भयो । उनको पढाइ ब्रिटिस भारतस्थित कलकत्ताको अङ्ग्रेजी कलेजमा भयो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री रणोद्वीप सिंहको हत्या गरी वि.सं १९४२ कात्तिक १५ गते ३४ वर्षीय वीरशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज बने । वीरशमशेर प्रधानमन्त्री बनेपछि उनको नेतृत्वमा नेपालको स्वास्थ्य क्षेत्रमा युग परिवर्तन गर्ने ऐतिहासिक निर्णयहरू भए । त्यसमध्ये विसं १९४७ साउन १२ गते उद्घाटन भएको वीर अस्पतालका बारेमा मात्रै धेरै चर्चा हुने गरेको छ । वीर अस्पतालबाहेक पनि उनले जनस्वास्थ्यका क्षेत्रमा धेरै महìव राख्ने अन्य ऐतिहासिक कार्य गरेका छन् । यहाँ तिनै कार्यहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ । पश्चिमा चिकित्सा पद्धतिको संस्थागत विकासपरम्परागत चिकित्सा पद्धति रहेको नेपालमा पश्चिमा आधुनिक चिकित्सा पद्धतिको जग बसाउने श्रेय वीरशमशेरलाई छ । वि.सं १९४४ वैशाख महिनामा शिलान्यास गरी भवन निर्माण भइसकेपछि वि.सं १९४७ साउन १२ गते ‘श्री पृथ्वी–वीर हस्पिटल’ को विधिवत् उद्घाटन गरियो । १५ शप्याबाट सुरु भएको उक्त अस्पताल शøया, वार्ड र एकाइहरू थप गर्दै अहिले देशकै ठुलो अस्पताल वीर अस्पतालका रूपमा परिचित छ । यो अस्पताल सँगसँगै वि.सं १९४७ साउनमा नै ‘आफ्ना रैती दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउन्या’ गरी ‘देशभरका छोटा बडा सबैको रक्षा हवस् भन्ना निमित्त’ ‘बेथा हेरी बेथा अनुसारको औषधी दिन्या, बिरामीहरूको हिफाजात पुगोस् भन्ना निमित्त डाक्टर हरदम राखि दिई’ तराईका रङ्गेली, जलेश्वर, हनुमाननगर, तौलिहवा, नेपालगन्ज र वीरगन्जमा पृथ्वी–वीर अस्पतालहरू स्थापना गरिएको थियो (गोपीनाथ शर्मा, नेपालमा शिक्षाको इतिहास, भाग १, २०६८, पृ ७३–७४) । त्यस बेला यी अस्पतालमा सबै उपचार निःशुल्क हुन्थ्यो । चिकित्सकलगायत स्वास्थ्यकर्मी भारतबाट ल्याएर सेवा दिइएको थियो । वीरशमशेरले देशभर रणनीतिक महìवका स्थानहरूमा अस्पताल स्थापना गरे, जसले स्वास्थ्य सेवामा जनताको पहुँच बढ्यो । अस्पतालहरूको खर्च व्यववस्थापनका लागि गुठी खडा गरी गुठीका नाममा ‘नयाँ मुलुक’ लगायत तराईका विभिन्न स्थानमा हजारौँ बिगाह जमिन छुट्याए ।स्वास्थ्य जनशक्तिको व्यवस्था देशका विभिन्न स्थानमा अस्पताल, डिस्पेन्सरीहरू स्थापना गरिसकेपछि आवश्यक प्राविधिक जनशक्ति उत्पादनको योजनासहित वीरशमशेरले काम गरेका थिए । विसं १९५७ असारमा काठमाडौँको सुन्धारा नजिकै पहिलो पटक आधुनिक चिकित्साको विद्यालय खोलियो (गोपी २०६८ः७४) । सो विद्यालयमा चिकित्सासम्बन्धी सिप सिक्न पल्टन (सेना) बाट १० जवानलाई पल्टनीया खान्गीमा कौषी तोषाखानाबाट वर्षको २४ देखि ४८ रुपियाँसम्म थप दिइने गरी पठाइएको थियो । तिनीहरूलाई पढाउन डा. रामकृष्ण मुखर्जी (बङ्गाली चिकित्सक) लाई खटाइएको थियो । उनैले विसं १९६६ मा ‘येनाटमी’ भन्ने शरीर रचनासम्बन्धी पुस्तक नेपाली भाषामा लेखेर प्रकाशन गरे (डा.राजेश गौतम, आवृत्ति : १९९५ः ११) । परम्परागत चिकित्सा प्रणालीलाई पनि जनशक्ति अभाव नहोस् भनी ‘वैद्यखाना पाठशाला’ खोली त्यहाँ पढाउने शिक्षकको व्यवस्था गरे । यसरी उत्पादित जनशक्तिलाई अस्पताल र औषधालयहरूमा काम गर्न पठाइन्थ्यो । अपुग जनशक्ति भारतका कलकत्ता र अन्य सहरबाट ल्याइन्थ्यो । वीरधारा र ढलको व्यवस्था धेरै सङ्ककणक रोगहरू पानी र सरसफाइ सम्बन्धित छन् भन्ने वीरशमशेरले बुझेको देखिन्छ । उनले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र खानेपानीको प्रबन्ध गर्न चाहेका थिए । उनले विसं १९४४ तिर काठमाडौँस्थित बेलाइती आवासीय दूतमार्फत ब्रिटिस–भारतसँग काठमाडौँ उपत्यकामा खानेपानी वितरण योजनाबारे प्राविधिक जनशक्तिको माग गरेका थिए । सोहीबमोजिम विसं १९४४ मा काठमाडौँका लागि उत्तरतर्फ रहेको शिवपुरीबाट बुढानीलकण्ठ हुँदै पिउनेपानी ‘वीरधारा’ ल्याउने योजना तर्जुमा गरी सोको शिलान्यास पनि गरे । विसं १९४७ मा वीरधाराको कार्य पूरा भयो र विसं १९४८ साउनमा काठमाडौँ उपत्यकामा कलधाराबाट पिउनेपानी आउने व्यवस्था भई यसको विधिवत् उद्घाटन भयो (पुरुषोत्तम ः २०७६ः३३८) । वीरशमशेरले आफ्नो दरबारमा छ वटा धारा र अन्य विभिन्न स्थानमा तीन सय वटा धारा जडान गराए । ती धारमा तामाको पातामा ‘वीर धारा सन् १८९०’ लेखेर टाँसिएको छ । ती धारामा चौबिसै घण्टा पानी आउँथ्यो । विसं १९४५ मा वीरशमशेरकै पालामा भक्तपुर (भादगाउँ) मा समेत महादेव खोलाबाट पाइपमा पानी ल्याई वितरण गरियो । त्यस्तै भिक्षाखोरी (अमलेखगन्ज) देखि सिमरासम्म ठाउँ ठाउँमा कलधारा राखिएका थिए । यात्रीहरूले सफा चिसो पानी पिउन पाउँथे । कलधारा सँगसँगै काठमाडौँ र भक्तपुरमा ढलको समेत व्यवस्था गरियो । वीरशमशेरको यो कार्यलाई बेलाइती अखबार र प्रतिनिधिहरूले समेत ‘ठुलो उपलब्धि’ भनेर प्रशंसा गरेका थिए । ब्रिटिस मेडिकल जर्नल (१८९५ डिसेम्बर) ले काठमाडौँमा ‘यो खानेपानी पिउन थालेपछि हैजा कम भएको’ छापेको थियो । यसरी वीरशमशेरले खानेपानी र सरसफाइका सवालमा नयाँ प्रविधि भिœयाएर ऐतिहासिक काम गरेका थिए । यो कामलाई व्यवस्थित गर्न ‘पानी गोश्वारा’ भन्ने अड्डा खडा गरी त्यहाँ प्राविधिक र अन्य कर्मचारीहरूको दरबन्दी सिर्जना गरेका थिए । उनले सहर सफा राख्न, सडक चौडा बनाउन ‘सफाइ आन्दोलन’ समेत चलाएका थिए । हैजा र कुष्ठरोगीका लागि छुट्टै अस्पतालत्यस बेला नेपालको जनस्वास्थ्यको प्रमुख रोग हैजा, झाडापखाला, औलो, गलगाँड, हात्तीपाइले, कुष्ठरोग (महारोग), भिरिङ्गी (यौनरोग) आदि थिए । हैजाको महामारीबाट प्रत्येक वर्ष दरबारियादेखि सर्वसाधारण रैती सबै एकै पटक प्रभावित बन्थे र सयौँ मानिसको अकालमा मृत्यु हुन्थ्यो । यही तथ्य बुझेर विसं १९४७ तिर ‘हैजा अस्पताल’ का नाममा काठमाडौँ त्रिपुरेश्वरमा हैजाका बिरामीका लागि उपचार केन्द्र खोलियो । यसलाई पछि वीर अस्पतालकै एकाइका रूपमा राखियो । त्यसबेला प्रत्येक वर्ष चैत–वैशाखदेखि कात्तिक–मङ्सिरसम्म महामारीकै रूपमा देखिने पानीजन्य सरुवा रोग हैजाको उपचार केन्द्र खोलिनु ऐतिहासिक कार्य थियो । त्यस्तै महारोग भनेर चिनिने कुष्ठरोग लागेका व्यक्तिलाई असाध्यै हेयका दृष्टिले हेरिन्थ्यो र घरमा नराखी टाढा एकान्तमा राखिन्थ्यो । यो रोग लागेकाहरू दीर्घ रूपमा रोगी र अपाङ्गत हुन्थे । यो ठुलो जनस्वास्थ्य समस्याका रूपमा थियो । यो समस्या बुझेर वीरले त्रिपुरेश्वर र पछि खोकनामा कुष्ठरोगीका लागि छुट्टै अस्पताल बनाउन लगाए । अर्को जनस्वास्थ्य समस्याका रूपमा रहेको थियो बिफर । बिफरको महामारीलाई रोक्न खोप मात्र एउटा उपाय थियो तर धेरै जनताले खोप लगाउन चासो दिएका थिएनन् । सबैले खोप लगाउन् भनेर वीरशमशेरले ‘बिफरको खोप लगाउन अनिवार्य’ गराए । खोप र खोप लगाउने जनशक्तिको पनि सहज व्यवस्था गरे । अन्य सुधारवीरशमशेरले परम्परागत आयुर्वेद चिकित्सा प्रणालीको विकास र बिरामीलाई चाहिने औषधीको अभाव हुन नदिन अनि औषधी उत्पादनमा सहज वातावरण बनाउन थापाथली दरबारमा रहेको ‘वैद्यखाना’ लाई सुधार गरी सहज स्थानमा सारे । कर्मचारी र सुरक्षाकर्मीहरू थपे । अत्यधिक मूल्य वृद्धिले जनजीविकालाई सताइरहेका बखत बजार मूल्य नियन्त्रणका लागि वीरशमशेरले पाँच सदस्यीय एक समिति गठन गरे जसले अन्न कुहाएर रक्सी बनाउन नपाउने गरी प्रतिबन्ध लगाउन सुझाव दिएको थियो । यसले अनिकाल र भोकमरी हटाउन सघाउ पुग्थ्यो । सती प्रथा जस्तो कुप्रथा अन्त्यका लागि कानुनी र व्यावहारिक कदम चालेर महिलाको अमानवीय मृत्यु रोक्ने, महिला स्वास्थ्यलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कदम चालेका वीरशमशेरले दास प्रथा अन्त्य गर्ने प्रयासस्वरूप केही कमाराकमारीलाई मुक्त गरेको पनि स्मरणीय छ । वीरशमशेरले जम्मा १५ वर्ष आठ महिना शासन गरे तर उनले समाज सुधारका विभिन्न कार्य गरे । जनस्वास्थ्य क्षेत्रमा त उनैले जग राखेर ऐतिहासिक योगदान दिए ।
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । छ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा
पर्यटकले स्थानीय गाउँको परम्परागत जीवनशैली, वेशभूषा, नृत्य, सङ्गीत र अन्य सांस्कृतिक कार्यव्रmमको अनुभव गर्छन् । स्थानीय खानपान, हस्तकला र परम्परागत उत्पादनको प्रदर्शनी र बिव्रmी पनि ग्रामीण पर्यटनको हिस्सा बन्छ । त्यसैले ग्रामीण पर्यटनको विकास नै अबको विकासको मुख्य मोडेल हो ।
विदेह नगरी जनकपुरको पवित्र भूमिमा महर्षि याज्ञवल्क्य थिए । उनी प्रकाण्ड विद्वान् थिए । उनको विद्वता र तेजस्वी प्रभाव राजा जनकका सभाका सबै पण्डितजनभन्दा बढी थियो । त्यस राज सभाका गर्वोन्मत वि
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशुचौपाया दुध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।
बेनी नगरपालिका–५, पुरुन्डी गाउँमा बर्सौंदेखि पिउने पानीको समस्या छ । १० देखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले एक÷दुई घण्टा मात्र पानी आउँछ ।
दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा रहेको लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा प
गुरुको निर्देशन भनेको मानवताको पहिचान दिएर मानव भएर जिउन सिकाउनु हो । जसको गुरु छैन र जसले गुरुको आज्ञा मान्दैन उसको मार्ग भड्किन सक्छ, अड्किन सक्छ र द्विविधाको जीवन बाँच्न बाध्य हुने छ ।शिष्यलाई जीवनमा समालिने कला दिने दिव्य चेतना नै गुरु हुन् । गुरु व्यक्ति र संस्था मात्र नभएर सम्बुद्ध चेतनासँग साक्षात्कार भइसकेको दिव्यता हो । कुनै वस्त्र र मन्त्र धारण गर्दैमा, कुनै संस्था खोलेर प्रवचन दिएर हिँड्दैमा गुरु बनिने छोटो मार्ग कुनै इतिहासमा छैन । गुरु आन्तरिक साधनाबाट निखारिएर औँसीको रातमा चम्किने चन्द्रमा हो । घना औँसीको रातमा पनि चन्द्रमा बनेर प्रकाशको आभास दिने गुरुले जीवनका सबै अन्धकाररूपी मार्ग छिचोल्दै स्वयम्मा समालिन मद्दत गर्छन् । संसारमा भएका सबै धर्म, गुरु र चेलाको सम्बन्धलाई एउटा महाकाव्यका रूपमा हेर्न सकिन्छ । यसलाई थोरै मात्र ख्याल गर्न सक्यो भने पनि हामी थाहा पाउँछौँ कि असार पूर्णिमाको चन्द्रमा बादलले घेरिएको आकाशमाथि हुन्छ, प्रस्ट देख्न सकिन्न । किन खुला आकाश देखिने शरद्को पूर्णिमालाई गुरुपूर्णिमा नमानेको होला ? यसमा पक्कै गहिरो रहस्य लुकेको हुनु पर्छ । असार पूर्णिमाको चन्द्रमालाई बादलले घेरेको जस्तै शिष्यले गुरुलाई घेरेर गुरु बिचमा चन्द्रमा र शिष्य वरिपरि बादलका रूपमा प्रस्तुत गरेको हुनु पर्छ । गुरुपूर्णिमा र शिष्य, असार अनि दुवैको मिलन यसतर्फ पनि यसको इशारा हुन सक्छ । बादलबिना बर्सात, सूर्यबिना बिहानी सम्भव नभए जस्तै सद्गुरुबिनाको जीवन पनि सम्भव छैन । धेरैलाई अपत्यारिलो लाग्न सक्छ गुरु हुनै पर्ने जरुरत छ र ? हो यो प्रश्न, मानिसमा अनुशासन हुनै पर्ने जरुरत छ र ? भने जस्तै प्रश्न हो । खुसी हुनु पर्छ ? जीवनलाई सार्थक बनाउनु पर्छ ? जीवन धन्यताका साथ बाँच्नु पर्छ ? ध्यान, समाधि, सुमिरन जरुरत छ ? भने जस्तै हो । गुरुपूर्णिमा प्रत्येक मनुष्यको जीवनमा एउटा उत्सवको क्षण हो । सूर्य छ, चन्द्रमा छ, फूलका लालिमाले सुगन्ध छरिरहेको छ, बादल । बर्सात छ, औँसीको रातमा पनि हरियाली छाइरहेको अनुभूति छ, गोविन्द आफ्नो लिला चलाइरहेको छ । यही नै गुरुपूर्णिमाको महìव हो । सृष्टिका सबै प्राणीमा सबै खाले सम्बन्ध सबैसँग हुन्छ तर गुरु शिष्यको सम्बन्ध केवल मनुष्यमा मात्र हुन्छ त्यसैले यो अवसर आफ्नो जीवनमा जसले गुमाउँछ उसले समालिएर जिउन पाउँदैन । मानिस एक्लै उठ्छ, जाग्छ, निदाउँछ, भड्किन्छ, उत्तेजित हुन्छ या त वितृष्णामा पुग्छ तर जब उसको साथमा जीवन्त गुरु छ भने सन्तुलनको जीवन बाँच्न उसलाई सहज हुन्छ । जोसँग श्रद्धा भाव हुन्छ, उसले नै सद्गुरु भेट्छ सबैको वशको विषय पनि होइन, गुरु भेट्ने र सद्गुरुको पहिचान गर्ने । चाहनाले मात्र गुरु भेटिन्न त्यो त वर्षौंको साधना, भक्तिभाव, प्रेमभाव र सद्भावको प्रतिफल हो गुरु भेट्नु र गुरुसँग टिक्नु । सहज छैन शिष्य बन्न किनकि सारा अहङ्कार गुरुमा समर्पित गरिदिएर खाली हुन जो पायो त्यसको क्षमताको कुरा होइन । सनातन धर्ममा देवतासम्म पु¥याउने गुरुको महिमालाई आत्मसात् गर्दै आइएको छ । त्यसैले त सन्त कविरले भनेका थिए– ‘सब धरती कागज करुं, लिखनी सब बन राय । सात समुद्र की मसि करुं, गुरु गुण लिखा न जाया ।।’ यो सबै धर्तीलाई कागज मानेर, सात समुद्रलाई मसी माने पनि गुरुको गुण र महìवलाई वर्णन गर्न सकिन्न । त्यसैले भन्न सकिन्छ गुरु त्यो दिव्य चेतना हो, जसलाई केवल अनुभूतिमा उतार्न सकिन्छ उसको सानिध्यमा रहेर गरेको साधना विधिबाट । मूल ध्यान गुरु रूप है, मूल पूजा गुरु पांव ।मूल नाम गुरु वचन है, मूल सत्य सतभाव ।।गुरु व्यक्ति होइन, धर्म होइन, शास्त्र होइन । गुरु ध्यानको मूल रूप हो, पूजाको मूल रूप गुरु चरणको आराधना हो । मूल नाम गुरुको वचन हो, मूल सत्यलाई साक्षात्कार गर्दै सत्यको जिज्ञासा राख्ने मध्यम नै गुरु हो । गुरु बिन ज्ञान न उपजै,गुरु बिन मिलै न मोष ।गुरु बिन लखै न सत्य को,गुरु बिन मिटै न दोष ।।गुरुबिना ज्ञान सम्भव छैन, मोक्ष सम्भव छैन, सत्यको साक्षात्कार सम्भव छैन र गुरुबिना हाम्रो दोष मेटाउनेवाला पनि कोही छैन । गुरुको आज्ञा मान्नुको तात्पर्य हो जीवनलाई अनुशासित बनाउँदै, प्रेमल, भक्तिभाव, करुणा भाव र श्रद्धाभावमा जिउनु हो । गुरुले कुनै कठिन मार्ग सिकाएको हुँदैन, हरेक साधना पद्धतिको उद्देश्य सरल, सहज, प्रेमल, शान्ति, प्रिती र उमङ्गमा जिउन सिकाउने हो । गुरु शरणगति छाडि के,करै भरोसा और ।सुख सम्पत्तिको कह चली,नहीं नरक में ठौर ।।गुरुको निर्देशन भनेको मानवताको पहिचान दिएर मानव भएर जिउन सिकाउनु हो । जसको गुरु छैन र जसले गुरुको आज्ञा मान्दैन उसको मार्ग भड्किन सक्छ, अड्किन सक्छ र द्विविधाको जीवन बाँच्न बाध्य हुने छ । गुरु सहारा हो, भरोसा हो, विश्वास हो अनि स्वाभिमानको प्रतीक हो । जसको गुरु छ त्यो शिष्यले गुरुको यही जीवनशैलीबाट आफ्नो जीवनको सन्तुलनता कायम गरेको हुन्छ । समर्थ गुरु सिद्धार्थ औलिया भन्नुहुन्छ, बजारमा भेषधारी गुरुले दिने वाचक ज्ञानले नगद अनुभूतिमा लैजान्न । वाचक ज्ञानले संसारको व्यापारलाई मात्र मद्दत गर्न सक्छ । सनातन धर्मलाई अघि बढाउने सद्गुरुको पहिचान गरी गुरु शिष्यको सम्बन्धमा संसार र अध्यात्मलाई स्न्तुतित गर्ने व्यक्ति नै विवेकशील व्यक्ति हो । गुरु आफ्ना शिष्यलाई उसको जीवनमा आउने हरेक चुनौतीलाई सामना गर्ने साधना दिन्छ, सामथ्र्य दिन्छ, भरोसा दिन्छ र विश्वास दिन्छ । पूरा गुरु, सद्गुरु, ओमकारको दीक्षा दिएर जीवनलाई धन्य बनाउने गुरुको सानिध्य पाउनु सौभाग्यको कुरा हो । अध्यात्मको मन्जिलमा पु¥याउने, धर्म र स्वभावलाई सनातनसँग जोड्ने चैतन्य नै गुरु हो । त्यसैले त भनिएको छ –गुरु समान दाता नहीं,याचक सीष समान ।तीन लोक की सम्पदा,सो गुरु दिन्ही दान ।।जीवनका लागि आवश्यक रहस्यात्मक कुंजी केवल गुरुले दिन सक्छन् । गुरु भएर के हुन्छ भनेर प्रश्न र तर्क गर्नेलाई केवल भन्न सकिन्छ– जीवनमा गुरु नभएर के भएको छ ? जो गुरुको हुन सकेन ऊ कसको हुन सक्छ ? अर्थात् जो मनुष्य जन्मजात दिव्य चेतनासँग जोडिएर आएको छ जीवनमा गुरु र अध्यात्मको ज्ञान छैन भने उसको जीवन निरस र वितृष्णाको नभएर के हुन्छ त ?वर्षौं वर्ष तर्क र प्रश्नको माध्यमबाट, अनुसन्धान र अनुष्ठानबाट जीवनको अर्थ र शाश्वतता जान्न खोज्नेलाई गुरुले क्षणभरमा जीवन रहस्य र गुह्य रहस्य बताइदिएको हुन्छ । निराकरपूर्ति जागृत हुने कला र साधना, योग र भोगलाई सन्तुलनमा राख्ने कला र साधना, सही र सत्यताको मार्गमा लाग्ने कला गुरुले बताइदिन्छन् । थोरै मात्र समझ र जीवनको सार्थकता बुझ्नेले गुरुलाई आफ्नो जीवन आधार बनाएको हुन्छ । उसकै स्मृतिमा संसारका हरेक कर्मलाई कर्मयोगसँग जोडेर, अपेक्षारहित भएर सुन्दर ढङ्गले स्वीकारको जीवन बाँचेको हुन्छ । जो निगुरा छ उसले जीवनलाई सङ्घर्ष र कथामा सीमित गरेको हुन्छ । सकारात्मकभन्दा नकारात्मक कथा उसका विषयवस्तु बन्न पुग्छन् ।गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।ब्रह्मा स्वरूप गुरु नै विष्णुको रूपमा पनि हुनुहुन्छ । भगवान् शङ्करको रूपमा पनि गुरु हुनुहुन्छ । गुरु सक्षात् परब्रह्म हुनुहुन्छ । त्यसैले गुरुप्रति बार बार श्रद्धा र भक्ति जागृत हुन्छ । शिष्यका दुष्प्रवृत्ति र दुर्गुणको नाश गर्न गुरुको सहायता चाहिन्छ ।