तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।
नुवाकोटका जनप्रतिनिधिले गङ्गटे-लब्दु-समुद्रटार-गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ ।
दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रे बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ ।
सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गर्नुभएको छ ।
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।
राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको छ।
गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नको लागि निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन भएको छ। मंगलबारबाट अजिरकोट गाउँपालिका भित्र सम्पूर्ण दलित तथा बिपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्यले अभियान सञ्चालन भएको हो।
मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाचँ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।
साउनको दोस्रो साता पुग्दासम्म पनि बाँकेमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ। गत दुई सातादेखि वर्षा नहुँदा पानीको अभावमा रोपाइँ सुस्त हुन जाँदा ७० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट–भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्।