धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्याउन सकेमात्र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्ने बताउनुभएको छ।
महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताइएको छ ।
म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिंगा तातोपानी कुण्डले एकवर्षको अवधिमा करिब ९२ लाख रुपियाँ आम्दानी गरेको छ ।
“ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।
वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।
दिगो विकासका लागि कार्बन बजार प्रवर्द्धन गर्न अफ्रिकाले आग्रह गरेको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा छ ।
सुदूरपश्चिम प्रदेश सरकारले मौजुदात मन्त्रालयको संख्यालाई घटाएर सात मन्त्रालय कायम गरेको छ ।
भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने बताउनुभएको छ ।
यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।