रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो ।
गण्डकी प्रदेशका यातायात व्यवसायी ‘राइड सेयरिङ’विरुद्ध आन्दोलनमा उत्रेका छन् । आन्दोलित हँुदै उनीहरूले बिहीबार पोखरामा सवारीसाधनसहित बृहत् प्रदर्शन गरेका छन् । पोखराको अमरसिंह
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
राज्यको करोडौँ रकम खर्चिएर निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमै निर्माण भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, थ्रिडी पार्क र बौद्धिक अपाङ्गता अभिभावक
लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई चालु आर्थिक वर्ष २०८१/८२ देखि थप कडाइ गर्ने भएको छ ।
विगतमा घर, पसलमा चोरी हुने गरेकोमा पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा चोरीमा संलग्न समूह विद्युत्को ट्रान्सफर्मर चोरीमा समेत सक्रिय भएको छ । पछिल्लो केही महिनामा जिल्लाका विभिन्न स्थानमा गरी चार वटा बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वल्र्ड हेरिटेज कमिटी
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्न लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिष्टारसँग सो विषयमा छलफल भएको हो ।
बङ्गलादेशबाट छ हजार ७ सयभन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् र उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताउनुभएको छ ।
कैलालीको कैलारी गाउँपालिका –९ मा रहेको महत्वपूर्ण सिमसार कोइलही तालको ठेक्का विवाद उत्कर्षमा पुगेको छ । स्थानीय सरकारले ठेक्का दिएको सो ताललाई स्थानीयबासीले सिमसार क्षेत्र बनाउनु पर्ने माग गर्दै आन्दोलन थालेका छन् ।
नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले ‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुने बताउनु भएको छ ।
विगतमा प्रदेशको बजेट कार्यान्वयन कमजोर भएको गुनासो खेपिरहेको प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको गति बढाउने अग्रसरता देखाएको छ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तीन सिफ्टमा २४ सैँ घण्टा छाप्ने काम भइरहेको छ। छाप्न बाँकी सङ्ख्या १६ लाखभन्दा बढी भएपछि तीन सिफ्टमा छाप्न सुरु गरेको हो। छपाई कार्ड नभएर १० महिना रोकिएको छपाई कार्य जेठको दोस्रो हप्तादेखि सुरु भएको हो।
चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा बिहीबार जित निकालेको छ ।
ताप्लेजुङमा एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा झण्डै सत्र लाख क्युविक फिट काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो।