• ११ साउन २०८१, शुक्रबार

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता

blog

बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलन भड्किएपछि भएको आगजनी ।

नयाँ दिल्ली, साउन १० गते । बङ्गलादेशबाट छ हजार ७ सयभन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन् र उनीहरुको फिर्तीमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बिहीबार बताउनुभएको छ ।

“भारतीय उच्च आयोगले भारतीयहरूको सीमा क्रसिंग पोइन्ट वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ”, रणधीर जयस्वालले सञ्चारकर्मीलाई बताउनुभयो ।

 उहाँले बङ्गलादेशको अवस्था चाँडै सामान्य हुने आशा व्यक्त गर्नुभएको छ ।

भारत फर्केका विद्यार्थीहरुको सङ्ख्याबारे सोधिएको प्रश्नमा जयस्वालले भन्नुभयो, “अहिलेसम्म बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू फिर्ता आएका छन् । हामीले बङ्गलादेश सरकारबाट उत्कृष्ट सहयोग पाएका छौं। हाम्रो उच्च आयोगले उनीहरूको सीमा पार गर्ने बिन्दुहरू वा एयरपोर्टमा सुरक्षित यात्राको व्यवस्था गरेको छ।”

“हाम्रो उच्च आयोग र सहायक उच्च आयोग दुवैले २४ घण्टा हेल्पलाइनहरू सञ्चालन गरिरहेका छन् र त्यहाँ रहेका सबै व्यक्ति, हाम्रा विद्यार्थी र नागरिकले सहयोगका लागि उनीहरूसँग सम्पर्क गर्न सक्छन्”, उहाँले बताउनुभयो । रासस