परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् ।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुने भएको छ ।
सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।
आँधीखोला गाउँपालिका–१ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ ।
लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।
सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
अस्पतालमा उपचाररत खोटाङका खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रबिका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो ।