सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
सूचना प्रविधि र एआईको बढ्दो प्रयोगलाई प्युठान जिल्लाले पूर्ण रूपमा सुरक्षित हुँदै प्रयोग गर्नु पर्छ । विश्वका धेरै जसो विकसित मुलुक पनि बदलिँदो सूचना र प्रविधिको अभ्यासलाई आत्मसात् गरेर नै अघि बढेका छन् ।
स्थानीयस्तरमा केकस्ता विपत् आइलाग्छन् भन्ने विषय त्यहाँका जनतालाई बढी थाहा हुन्छ । त्यसैले विपत् आउनुपूर्व नै यसको सामना कसरी गर्ने भनेर योजना बनाउनु पर्छ । सबैको सहभागिता भए विपत् आइलागे पनि त्यससँग सामना गर्ने शक्ति प्राप्त हुन्छ ।
अमेरिकामा त्यहाँका नागरिकले आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने कानुनी अधिकारको व्यवस्था गरिएको छ । यो अधिकारको दुरुपयोग हुँदा बन्दुक नै अहिले सार्वजनिक सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
मकवानपुरको बकैया गाउँपालिका –१२ चालिसेडाँडास्थित निजगढ–काठमाडौँ द्रुतमार्गको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
विगतका वर्षमा पाँच करोड रुपियाँसम्म राजस्वमा योगदान पु¥याउँदै आएको बर्दीबास यातायातकोे सवारी कर सङ्कलनमा यो वर्ष भने कमी आएको छ । कार्यालयका अनुसार आर्थिक व
परिश्रम गरेपछि कमाउन टाढा जान पर्दैन भन्ने भनाइ चरितार्थ सिमकोट गाउँपालिका–५ को कालाशिल्ता आधारभूत विद्यालयका शिक्षक शक्तिसिंह रावतले देखाउनुभएको छ । बिहान र बेलुकाको समयमा उहाँले दैनिक
कोभिड–१९ को सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको सङ्केत देखिएको छ । निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन् ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।
चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उहाँले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताउनुभयो ।
दाङको घोराही उपमहानगरपालिका–१३ निवासी रवि घर्ती व्यावसायिक पशुपालनमा लागेको तीन वर्ष भयो । रोजगारीका लागि बाहिर जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर तीन वर्षअघि व्यावसायिक कृषिमा लाग्नुभएका घर्तीले साथीसँग मिलेर संयुक्त रूपमा भैँसी, बङ्गुरपालन, हाँसपालनसँगै तरकारी खेती गर्दै आउनुभएको छ ।
विगत केही समयदेखि सागरनाथ वन विकास परियोजनाका जङ्गलमा काठ तस्कर र वनकर्मीबिचको सङ्घर्ष बढ्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समयमा पनि वन क्षेत्र अशा