समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् ।
स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका करिब पाँच वर्षपछि खोलिएको हो । केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् । व्यास गाउँपालिका–१ का स्थानीय योगेश बोहराले चीनबाट नै व्यापारीलाई आउनु भन्ने खबर पठाएको बताउनुभयो ।
स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
हाम्रो राजनीतिक अभ्यासले जहिलेबाट लोकतान्त्रिक गुण हासिल गरेको भनेर अथ्र्याउन थालियो, ठिक त्यही समययताको राजनीतिको वा राजनीति गर्दै आएका पात्रको इमानको रेखाचित्र कोर्ने हो भने नेपाली राजनीतिक अभ्यासको कुनै पनि मोडमा यो उकासिएको देखिँदैन !
ताप्लेजुङमा दुर्लभ रेड पान्डा (हाब्रे) देखि सालकसम्म विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न समयमा विभिन्न १४ वटा वन्यजन्तुको उद्धार गरिएको हो ।
चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । काठमाडौँ, इन्द्रचोकका परोपकारी लखपति व्यापारी हनुमानप्रसाद मारवाडीको ३८ वर्षको उमेरमा अतिसारले निधन भएको स्मृति विज्ञापन गोरखापत्रमा बर्सेनि प्रकाशित हुँदै आएको देखिन्छ । चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुचएओ) को प्रतिवेदनमा उल्लेख छ । हामीकहाँ पनि बेला बेलामा हैजा फैलिएर ठुलो सङ्ख्यामा मृत्यु हुने गरेका घटना सार्वजनिक हुने गरेका छन् । गोदावरी नगरपालिका–१४, ठैबमा रहेको एक पुनर्थापना केन्द्रका केही मानिसमा हैजा पुष्टि भएपछि सावधानी अपनाइएको छ । ललितपुरस्थित जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर बेलैमा हैजा नियन्त्रण प्रयास गरेकोलाई प्रशंसनीय कार्य मानिएको छ । झाडापखाला लागेका केहीको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गराइएको हो । त्यसै केन्द्रका अन्य केहीमा पनि हैजासँगै मिल्दोजुल्दो लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । हैजाको लक्षण देखिएर उपचारका लागि अस्पताल भर्ना गरिएका सोही केन्द्रका दुई जना बिरामी भागेको समाचारले भने आशङ्का जन्माएको छ । केही वर्षअघि जाजरकोट र कपिलवस्तु जिल्लामा फैलिएको हैजा नियन्त्रण गर्न निकै हम्मे परेको थियो । नियन्त्रणका लागि खोपकै प्रयोग गर्नु परेको स्मरणीय छ । यद्यपि हैजाविरुद्धको खोपको प्रभावकारिता ७० प्रतिशत मात्रै हुने भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक रहेको स्वास्थ्यकर्मीको सुझाव छ । सफा पानी पिउने, शौचालयको प्रयोग, हात धुने जस्ता कार्यमा सचेत नभएसम्म हैजाको प्रकोप फैलिन सक्ने डर सधैँ रहन्छ । बाहिरी जिल्लाका कतिपयमा हैजाको महामारी देखिने गरेकोमा काठमाडौँ उपत्यका झनै जोखिममा रहेको भन्दै जनस्वास्थ्यविज्ञले सचेत गराउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ चिकित्सकका अनुसार हैजा ‘भिब्रियो कोरेला’ नामक ब्याक्टेरियाका कारण लाग्ने अति सङ्व्रmामक झाडापखाला हो । हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर झाडापखाला लाग्न थालेपछि जलवियोजन भएर बेलैमा उपचार नपाउँदा बिरामीको मृत्युसमेत हुने गर्छ । हैजा भएका मानिसको दिसामा निस्किने कीटाणु पानी र खानाको माध्यमबाट दोस्रो व्यक्तिमा सर्ने गर्छ । सो ब्याक्टेरियाले सानो आन्द्रालाई सङ्व्रmमित बनाउँदा झाडापखाला लाग्ने छ । खास गरी हैजा दूषित पानी, बासी तथा सडेगलेका खानेकुरा, काँचा खानेकुरा एवं सङ्व्रmमित व्यक्तिले चलाएका सरसामानको माध्यमबाट सर्छ । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घटेर केही घण्टाभित्रै ज्यान जाने जोखिम हुन्छ । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला निलो हुने जस्ता लक्षण एकसाथ देखिन्छन् । हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै पिउन अत्यावश्यक छ । जीवनका लागि नभई नहुने पानी दूषित हुँदा पेटजन्य रोग ज्यादा हुने गरेका छन् । केही दिनयता झाडापखालाका बिरामीको अस्पतालमा चाप बढेको पाइएको छ । मुलुकको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकका रूपमा स्थापित त गरेको छ तर अहिलेसम्मको अवस्थालाई हेर्दा स्वच्छता त परको कुरा भयो, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रूपमा उपलब्ध गराउने कानुनी व्यवस्था गरेको विदित हुन्छ । व्यावहारिक रूपमा भने खानेपानी मन्त्रालयकै तथ्याङ्कमा कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेकोे छ । हैजालगायत रोग नियन्त्रण गर्न व्यक्तिगत स्वास्थ्य सचेतना पनि अपरिहार्य छ भने तीन तहकै सरकारसमेत गम्भीर हुनै पर्छ । मुलुकका केही निश्चित क्षेत्रलाई हैजाको जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ । एक पटक हैजा देखिएको क्षेत्रमा १५÷२० वर्षपछि पुनः हैजा देखिने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन् । हैजाका ८० प्रतिशत बिरामीको त जीवनजलबाटै उपचार हुने गरेको देखिएको छ । गम्भीर खालको हैजामा मात्र थप उपचारको आवश्यकता पर्छ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिए पनि चर्पीको प्रभावकारी प्रयोग नहुनु हैजाको जोखिम ज्यादा रहनु हो ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल, भारत र बङ्गलादेशका महिला कलाकारका चित्रकला तथा मूर्तिकलाको अन्तर्राष्ट्रिय प्रदर्शनी बुधबारबाट सुरु भएको छ । प्रदर्शनीमा प्रेम, खुसी, जनजीवन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, महिला अनुभूति, भाव, संवेदना झल्कने सयभन्दा बढी चित्रकला र मूर्तिकला देख्न सकिन्छ ।
क्षेत्रफलका हिसाबले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडा औद्योगिक क्षेत्रमा गत आर्थिक वर्षमा ११ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।
छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।
अछामका महिलाका लागि अभिशाप बन्दै आएको छाउपडी (महिनावारी) तथा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) प्रथाको अन्त्य गर्नका यहाँका स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गरे पनि अधिकांश गाउँबस्तीमा अझै नहटेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन जनप्रतिनिधि काठमाडौँमा सव्रिmय भएका हुन् ।
बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाउनुभयो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपालको हवाई उड्डयन इतिहासमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनासहित हवाई दुर्घटनाको सङ्ख्या १०८ पुगेको छ । विसं २०१२ वैशाखमा पहिलो पटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।