नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन अभियान लिएर धरानमा घरदैलो कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम कांग्रेसले ४२ औँ बिपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको हो ।
काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ ।
सागरनाथ वन विकास परियोजनाका जङ्गल काठ तस्कर र बनकर्मीबिचको सङ्घर्षले रण क्षेत्र बन्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समय पनि वन क्षेत्र अशान्त हुँदै गएको छ ।
संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।
काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वर्षौदेखिको सीमाङ्कन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्ट्राचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको छ ।
सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाका निधन भएको छ। पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गर्नुभएको छ ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ ।
पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१७ गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गर्नुभएको हो ।
सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ ।