• ९ साउन २०८१, बुधबार

जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

blog

जहाज दुर्घटनास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। 

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटना भएको हो।  प्रधानमन्त्री ओलीले यो दुःखको घडीमा धैर्य रहन सबैलाई अनुरोध गर्नुभएको छ। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’’

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।