किसानले दुध बेचेको पैसा नपाउँदा बजारमा दुधको अभाव देखिएको छ । दुधको अभावसँगै मूल्य बढेको छ । भित्री मधेशको आलीताल गाउँपालिकाका किसानले दुध बिक्री गरेबापतको पैसा हालसम्म पाएका
रुकुम पुर्वको भुमे गाउँपालिका(१ स्थित चौँरी पाटनमा फुलेका रङ्गीचङ्गी फूलहरु ।
पवनपुत्र हनुमान ! रामायण पढ्दा जानेको सूक्ति ! सु+उक्ति=सूक्ति । संस्कृत वाङ्मयको भाषा वैयाकरण ! मन लाग्छ विश्लेषण गर्न हरपल हरदम ! शैली अभिव्यक्ति कला ! कला अनुराग जीवन्त रहन बाँच्नुको आफ्नै
जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क नलिन सर्वोच्चले आदेश दिएको छ । सोमबार सम्माननीय प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहितको इजलासले कोशी प्रदेशको आर्थिक ऐनमा रहेका सहकारी संस्थाहरूले ऋण लगानी गरी जमानत बापत राखेको जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क लाग्ने व्यवस्था सहकारी ऐन, २०७४ को दफा ७८ (१) (ग) विपरीत रहेको भन्दै उक्त आदेश गरेको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य।
जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।
शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भएगरेका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुरलगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह–सचिब केशबप्रसाद दाहालले जानकारी दिनुभयो ।
बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । अवस्था जटिल हुँदाका बखत परराष्ट्रमन्त्री डा. आरजु राणाले त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो दिँदै अति जोखिम क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन पहल गर्नुभएको थियो ।
कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटकी टीका पाइजाले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै आउनुभएको छ । पाइजाको घर वरपरको खेतबारी यतिखेर तरकारी खेतीले भरिएको छ ।
ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा) पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको हो ।
सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिस तम्तयार छ । पेरिस ओलम्पिक साउन ११ देखि २७ सम्म सञ्चालन हुने छ । यस ओलम्पिकमा चा
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई किताब पढ्ने बानी बसाल्न अनुरोध गर्नुभएको छ । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको २०८० का श्रेष्ठ सूचिका पाँच पुस्तकप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले आफ्नो धेरै बानी परिवर्तन भए पनि युवादेखिको पढ्ने बानी भने परिवर्तन नभएको बताउनुभयो ।
कालीकोट जिल्लाका प्रायः स्थानीय तहले नागरिकलाई सूचना दिन आनाकानी गर्ने गरेका छन् । २०७९ सालको स्थानीय निर्वाचनबाट निर्वाचित पदाधिकारीले नागरिकलाई हरेक सूचनाबाट व
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।