समूह चरणको अन्तिम खेलमा मङ्गलबार साँझ श्रीलङ्काको डम्बुला मैदानमा बलियो प्रतिद्वन्द्वी भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको यात्रा टुंगिएको हो।
ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ ।
जनकपुरधामको जानकी आँखा अस्पतालको सेवा अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको आठ करोड रुपियाँ बढी भेटी रकम मौज्दात रहेको छ। पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ।
जुम्लामा १२ दिनको सुत्केरी र उहाँलाई कुर्न एकै कोठामा सुतेकी बहिनीको निधन भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका –५, कालेखोलीस्थित कोठामा सुतेको अवस्थामा निसास्सिएका दुई दिदीबहिनीको निधन भएको प्रहरीले जनाएको छ ।
रुकुमपश्चिममा एक बालकको आँगनमा खेल्दाखेल्दै मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा १ माथिल्लो कैलदेऊ निवासी लंबहादुर बोहराका दुई वर्षीय छोरा तनव बोहराको मृत्यु भएको हो ।
मनसुनी वर्षाका कारण आएको बाढीपहिराेलगायत विपदमा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमतिअनुसार बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लगाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय (एफडियु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटिआर)बिच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभएको छ।
सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ।