अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदैआएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दैगएको छ ।
नेपालका पूर्व राष्ट्रिय फुटबल तथा एथलेटिक्स खेलाडी लालबहादुर खड्काको मङ्गलबार ५९ वर्षको उमेरमा निधन भएको छ। उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको बताउनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच विस्तार गर्न सकिने बताउनुभएको छ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।
गृहमन्त्री रमेश लेखकले पूर्व भूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ ।
मुलुकको अर्थतन्त्रका देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्रालयका कर्मचारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ‘ब्रिफिङ’ गरेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त हुनुभएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक-पटक अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ ।
सुनसरीको कोशी ब्यारेजमा हाम फालेर आत्महत्या प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । महोत्तरी जिल्ला घर बताउने ६५ वर्षीय महिला मन्दीदेवी यादवले कोशी ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेकी थिइन् ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्युतको न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका पौने दुई लाख जनताका बारेमा सदनमा छलफल हुनुपर्ने बताउनुभएको छ ।