• ८ साउन २०८१, मङ्गलबार

पूर्व सहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर

काठमाडौँ, साउन ८ गते । गृहमन्त्री रमेश लेखकले पूर्व भूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको हो ।

उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सूक्ष्म अध्ययन भइरहेको छ ।” पूर्व भूमिसुधार सहायक मन्त्री रायको आइतबार राति उहाँकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । रासस