कास्कीको पोखरा महानगरपालिका १, भैरवटोल निवासी एक सय चार वर्षीय साहित्यकार गोपाल वैद्यको सोमबार राती निधन भएको छ ।
गलेश्वरधाममा तीन लाख ७२ हजार रुपियाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ ।
गत आर्थिक वर्षमा सेनाको बम डिस्पोजल टोलीले एक सय ५८ शङ्कास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ सेनाले राष्ट्रिय एकताको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकायसँगको समन्वयमा सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका गढी र किल्लाको संरक्षण गर्दै आएको छ ।
मेलम्ची नगरपालिका–५ सिन्धुकोटको गोल्फुले टोलको दलित बस्ती माथिबाट आएको पहिरोले दर्जनौ घर उच्च जोखिममा परेको छ ।
सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पुँजीगत खर्च गरेका छन् ।
उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको छ । प्राकृतिक उपचारका रूपमा प्रसिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालीन आरती सुरु गरिएको हो ।
पहिरो खसेर क्षति पुर्याएपछि तनहुँको एक अस्पतालको सेवा प्रभावित भएको छ । भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैंचा स्थित पुरनडिही अस्पतालको सेवा प्रभावित भएको हो । सेवा प्रभावित भएपछि स्थानीय बिरामीलाई टाढा धाउनु पर्ने बाध्यता भएको छ ।
नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो ।
“हैन ए बाबु, मलाई नातिनातिनाको मुख नदेखाईकनै मार्ने सुरमा छौ कि कसो ?” रामदेवी बोलिन् । उता राजन भने कानमा तेल हालेर बसेको छ । “हैन, सुनेको नसुने झैँ गरेर किन बस्छस् बाबै ? कान त स
उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताउनुभयो । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिराेसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो ।
प्रहरीको सूचना अधिकारी भएको फर्जी परिचय दिई कुनै काम भए मिलाइदिन्छु भनी रकम माग गर्ने एक जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरीले ह्वाट्स्यप र टेलिग्रामबाट सम्पर्क गरी रकम माग्ने पोखरा महानगरपालिका वडा नम्बर १६, बाटुले चौरका २१ वर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको हो ।
अविरल वर्षाका कारण बाढीपहिरोले अरनिको लोकमार्ग, कोदारी लोकमार्ग र ग्रामीण सडकका संरचना बिगार्ने, भत्काउने भइरहेको छ । कतिपय सडकखण्डमा बाढीपहिरोले बगाएको ठाउँमा ह्युमपाइप राखेर सडक सुचारु गर्न थालिएको छ । ह्युमपाइप राखेर सडक सञ्चालन गरिए पनि केही घण्टाको भारी वर्षाले ह्युमपाइपसहित सडक बगाएको छ । बगाएको सडकमा पुनः ह्युमपाइप हालेर फेरि सडक सुचारु गरिने व्रmम निरन्तर चलिरहेको छ ।
अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।