काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ ।
बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् ।
डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न स्थानका ६८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपण गरेको छ । गत आर्थिक वर्ष ०८०–८१ मा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।
स्याङ्जा जिल्ला अदालतमा २०८०/८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
तनहुँ जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको ७३.३ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले गत आर्थिक वर्ष २०८०-८१ मा नयाँ र पुराना गरी दुई हजार सात सय ६६ मुद्दामध्ये दुई हजार २८ वटा अर्थात् ७३.३ प्रतिशत फैसला गरेको हो ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक १८ दिनदेखि अवरुद्ध छ । हिल्सा सिमकोट सडक आयोजनाले अवरुद्ध सडक मर्मत नगर्दा यातायात सेवा अवरुद्ध भएको हो ।
बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ ।
छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
इजरायली सेनाले सोमबार गाजापट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ । दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हामास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ ।
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण बढ्दै गएको छ ।