साउन महिनाको पहिलो सोमबार आज बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल सुरु भएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ ।
सुनसरीका विभिन्न स्थानमा रहेका शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ ।
यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् ।
कम हवाई भाडा मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ ।
रूसको सेनाले आइतबार राती दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।
नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ ।
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ ।
साउन महिनाको पहिलो सोमबार पूर्वकोे पवित्र तीर्थस्थल पिण्डेश्वर बाबाधाममा भक्तजनहरुको भिड लागेको छ ।
नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।
यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
नेकपा (एमाले) कमलामाई नगर कमिटी सिन्धुलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसमा सोमबार कमलामाई मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडाैंतर्फ जाँदै गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।