पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्ययन सुरु गरिन लागिएको हो ।
सिन्धुली जिल्लामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनाबाट एक सय १५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७÷०७८ देखि ०८०÷०८१ सम्म जिल्लाका विभिन्न ठाउँमा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सो अवधिमा एक हजार ५८२ जना सवारी दुर्घटनामा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।
बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।
मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।
बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ ।
त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि नै त्यही बसिराख्थ्यो । घाम अस्ताएको केही बेरपछि त्यो पिपलको रुखबाट उठेर जान्थ्यो ।
नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला सर्जकका रूपमा मात्र नभई, कलापारखीका रूपमा पनि उत्तिकै अध्ययनीय विषय हुन् । आफ्नो साहित्यिक जीवनमा एकसेएक सिर्जनात्मक पुस्तक लेखेर उनले जसरी आधुनि
बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो
एउटै पेसा व्यावसायमा निरन्तर मेहनत गर्ने हो भने आर्थिक उपार्जनका लागि न खेतीपाती गर्नुपर्छ, न त लाखौँ खर्चेर विदेश नै जानु पर्छ । २४ वर्षअघि मोरङको लेटाङ–९, जाँतेका इमानाथ पोख्रेलले ८० हजार रुपियाँ खर्चेर १० घार मौरी पाल्न थाल्नुभयो । तिनै मौरीले उहाँलाई अहिले सान, मान र दाम दिलाइरहेको छ ।