• ७ साउन २०८१, सोमबार

डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

blog

काठमाडौँ, साउन ७ गते । बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले  कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिनुभयो । 

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास हजार रुपियाँ र चार लाख पचास हजार रुपियाँको चेकसमेत रहेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।