सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिनुभयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।
जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएका भेटवार्तामा सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्नेगरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ ।
अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ ।
बबई नदीमा आउन सक्ने बाढीका विषयमा नक्साबाटै जानकारी लिन सक्ने प्रणालीको व्यवस्थापन गर्न थालिएको छ । नेपाल सरकार जल तथा ऊर्जा आयोगको एक टोलीले बबई नदीमा आउने बाढीका विषयमा अध्ययन गरी नक्सा प्रणालीका बारेमा व्यवस्थापन गर्न थालेको हो ।
तनहुँको व्यास नगरपालिका-१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ ।
बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा एक सय पाँच वटा मुद्दा बढी फछ्र्यौट गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।
कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज इलाममा मनाइएको छ । नेकपा (एमाले) जिल्ला कमिटीले पार्टी कार्यालयमा पुष्पलालको स्मृति सभा गरेको हो ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीति सङ्लो बन्ने बताउनुभएको छ ।
मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरू बढ्दो क्रममा रहेका जानकारी दिनुभयो । परम्परागतरूपमा हुने अपराध पनि भइरहेका देखिन्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेडिकल शिक्षाले हाम्रा आवश्यकता पूरा गर्न सक्ने हुनुपर्ने बताउनुभएको छ ।