• ७ साउन २०८१, सोमबार

जुम्लाको पुँजीगत खर्च ७८ प्रतिशत

blog

जुम्ला, साउन ७ गते । सङ्घीय सरकारबाट प्राप्त जुम्लाको पुँजीगत खर्च ७८ दशमलव ९६ प्रतिशत भएको छ । सङ्घबाट पुँजीगततर्फ छ अर्ब ८२ करोड ५९ लाख विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंसराज शाहीले जानकारी दिनुभयो । 

सङ्घीय सरकारले चालु खर्चका लागि पाँच अर्ब २२ करोड पाँच लाख विनियोजन गरेकोमध्ये ९२ दशमलव ७८ प्रतिशत खर्च भएको छ । विनियोजित कुल बजेटको जम्मा ८८ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख शाहीको भनाइ छ । 

असार भित्रमात्र जिल्लाको पुँजीगत खर्च ४१ दशमलव ४१ प्रतिशत भएको छ । असारमा चालु खर्च १३ दशमलव १३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका  सरकारी कार्यालयले बजेट कार्यान्वयनमा सुधार गरेको छ । रासस