• १२ साउन २०८१, शनिबार

लमजुङ अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

blog

लमजुङ, साउन ७ गते । बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा एक सय पाँच वटा मुद्दा बढी फर्छ्याैट गरेको हो ।  

अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फर्छ्याैट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फर्छ्याैट गरिएको छ । गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो । एक हजार २४ यथार्थ लगत रहेकामा छ सय ७९ वटा मुद्दा फर्छ्याैट भएको भन्दै वास्तविक लगतको आधारमा ६६ दशमलव ३० प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

श्रेस्तेदार पौडेलका अनुसार गत आवमा सात सय ५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने आव २०७९/८० बाट जिम्मेवारी सरेर आएका दुई ७३ गरी एक हजार २४ मुद्दा फर्छ्याैट गर्नुपर्ने थियो । जिम्मेवारीबाट सरेर आएका दुई सय ३७ मुद्दा फर्छ्याैट भएका छन् । चालु आर्थिक वर्षमा ३६ मुद्दा सरेर आएका अदालतले जनाएको छ । अदालतका अनुसार नयाँबाट तीन सय नौ मुद्दा सरेको र चालु आवमा तीन सय ४५ वटा मुद्दा टुङ्ग्याउनुपर्नेेछ । 

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अदालतका कर्मचारीको लगावका कारण लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट भएको बताउनुभयो । जिल्ला अदालतले दुई वर्ष बढीका मुद्दा नराख्ने भने पनि प्रमाण जुटाउन नसक्दा दुई वटा मुद्दाको फछ्र्यौट हुन नसकेको उहाँले जानकारी दिनुभयो । न्यायाधीश पौडेलले न्याय सम्पादनमा कुनै कमी आउन नदिन आफूसहित कर्मचारीेले सधैँ एकआपसमा समन्वय गरी काम गरिरहेका बताउनुभयो । जिल्ला अदालतलाई मुलुककै समयसापेक्ष न्याय सम्पादन गर्ने सूचीमा लैजाने योजना अनुसार कार्यसम्पदान गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस