उपप्रधानमन्त्री एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।
साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजनहरु । विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिरः सनद अधिकारी, रासस
बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो ।
बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गरेको छ ।
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने पक्का हुनुभएको छ ।
नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्र्दभिक हुँदैगएको र उहाँको विचारकै कारण अहिले काँग्रेस र एमाले एक ठाउँमा आएको वक्ताहरुले बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ ।
साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ ।
कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर बाहिरिनुभएको हो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।
जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रुपमा देखिन थालेको छ । वर्षेनी आत्महत्याका घटना बढ्दै गएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नु भएको छ ।