• ७ साउन २०८१, सोमबार

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, साउन ७ गते । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामहरि घिमिरेले औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार माग गरेको औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिई गएको टोलीले अधिकृत कोइरालालाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अधिकृत कोइरालाले एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजारको चेक लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका –४ कटहर चोकबाट साउन ६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।