• ७ साउन २०८१, सोमबार

त्यो (कथा)

blog

त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो यो कसैलाई थाहा थिएन । 

बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि नै त्यही बसिराख्थ्यो । घाम अस्ताएको केही बेरपछि त्यो पिपलको रुखबाट उठेर जान्थ्यो । 

फेरि अर्काे दिन बिहानै ......

त्यो क्रम चलिरहन्थ्यो । जङ्गलमा गएर त्यो कहाँ बस्दछ, के गर्दछ, यो कुरा कसैलाई पनि थाहा थिएन । त्यो व्यक्ति रातमा गएर कहाँ बस्छ ? यो पत्ता लगाउन कैयौँ गोठालाहरूले कोसिस गरे । सिकार खेल्ने मानिसहरूले रातमा गएर खोजे तर सारा जङ्गल चाल्दा पनि त्यसको डेरा पत्ता लाग्न सकेन ।

त्यो झन् पछि झन् सबैका लागि रहस्यमय व्यक्ति बन्दै गयो । 

त्यसको उमेर कति वर्षको थियो, यो भन्न मुस्किल पथ्र्यो । मुखबाट केही अन्दाज लगाउन सकिन्थ्यो । त्यो मानिस २५/३० वर्षको पनि हुन सक्थ्यो ४०/५० वर्षको पनि .........

त्यसका शरीरमा केही कपडा थिएनन्, शिवाय एउटा पुरानो टोपी र फाटेको दौरा ......

त्यसका साथमा अरू केही सम्पत्ति थिएन, शिवाय एउटा माटाको हाँडी । त्यो हाँडी कैयौँ ठाउँहरूमा फुटेको, पुरानो र कालो मैलो थियो । त्यसले त्यो हाँडीलाई कहिल्यै पनि छाड्दैनथ्यो । त्यसले त्यो हाँडीलाई सधैँ नै हातले छातीमा अडाएर ल्याउँथ्यो र त्यसै गरेर फर्काएर लैजाने गथ्र्यो । पिपलका बोटमुनि आइपुगेपछि हाँडीलाई अगाडि राखेर दिनभरि बस्थ्यो । 

त्यसका अगाडि बाटोमा सयकडौँ मानिसहरू हिँडिराख्थे तर त्यसले कहिल्यै पनि कसैसित केही थापेर मागेको कसैले देखेको थिएन । उसले बाटामा हिँड्ने प्रत्येक मानिसलाई ध्यानपूर्वक हेथ्र्यो, कसैलाई खोजे झँै कसैलाई चिन्न खोजे झैँ, कसैको जाँच गर्न खोजे झैँ .... तर न त्यो कसैसित बोल्दथ्यो, न त्यसले कसैसित केही माग्दथ्यो ।

प्रायः बाटामा हिँड्ने मानिसहरूले त्यसलाई केही न केही दिइराख्थे, कसैले उसका अगाडि चुरोटका ठुटा फालिदिन्थे, कसैले दहीचिउरा खाएका जुठा पात, कसैले जुठो भात, कसैले १/२ पैसा ....

यसरी जम्मा भएका चिजबिजलाई त्यसले ध्यानपूर्वक बटुल्थ्यो, कुनै कुरा हाँडीमा हालेर राख्थ्यो, कुनै कुरा खान्थ्यो । साँझमा हाँडीलाई छातीमा अडाएर वनतिर जान्थ्यो कसैसित केही नबोलीकन तर सबैका मुखमा ध्यानपूर्वक हेर्दै .....।

त्यो त्यसरी त्यहाँ बस्ने गरेको छ महिना भइसकेको थियो ।

त्यो सबैजनाका लागि रहस्यको पात्र बनेको थियो । कैयौँ जनाले त्योसित कुरा गर्न खोजे, त्यसका बारेमा जानकारी प्राप्त गर्न खोजे, केटाकेटीहरूले चलाउन खोजे, तर त्यसबाट कहिल्यै कुनै कुराको उत्तर कसैले पाउन सकेनन् । केटाकेटीहरूले उसलाई साना माटाको डल्लाले हान्ने गर्दथे तर त्यसले केही ध्यान दिँदैनथ्यो । कसैले कुरा गर्न खोजे चुपचापसित सुनिरहन्थ्यो । 

प्रायः बजारमा त्यो मानिसको बारेमा निकै चर्चा चलिरहन्थे । कसैले त्यसलाई भूतपिचास भन्दथे । कसैले महादेवको अवतार ... । कसैले त्यसलाई कुनै महान् ज्ञानी भन्थे, कसैले मगज बिग्रेको बहुला ......।

कुनै दिन उसलाई साहु सेटहरूले पेटभरि मिठाइ, दहीचिउरा खुवाएर ग्रह कटाउँथे भने कुनै साहुसेठहरूले उसलाई भोजन गराएर महादेवलाई खुशी गराउने कुरा सोच्दथे...।

बजारमा अरू भीखमङ्गाहरू पनि थिए तर कोही पनि त्यसका नजिक आउँदैनथे । उनीहरूले प्रायः त्यसका बारेमा कुराकानी गर्थे, उसको भाग्यमाथि डाह गर्थे । यो अचम्मको रहस्यमय व्यक्ति स्वतः सबैको ध्यान, चर्चा र सहानुभूतिको पात्र बनेको थियो । सबैले उसलाई केही न केही दिइराख्दथे । प्रायः अरू भीखमङ्गाहरूले देख्थे, उसको भाँडो कहिल्यै पनि रित्तो हुँदैनथ्यो । त्यसले बिनाहातमुख चलाएर नै सबैबाट केही न केही पाइराख्थ्यो, जब कि अरू भीखमङ्गाहरूलाई कैयौँ दौडधुप गर्दा पनि भोकै बस्नुपथ्र्यो । अरू सबै भीखमङ्गाहरूका लागि त्यो डाहाको विषय बनेको थियो । .....

त्यही रहस्यमय मान्छे बस्ने पिपलको रुखमुनि (देखि तलपट्टि) एउटा सेठको महल थियो । 

ती सेठले प्रायः मानिसहरूका साथमा कुरा गर्दा भन्ने गर्थे, “यो पिपलका रुखमुनि बसेको मानिस पक्कै पनि महादेवको अवतार हो । पहिले पनि महादेवले महारोगी भएर वा योगी भएर मानिसहरूको पाप र धर्मको जाँच गर्ने गरेका कुरा शास्त्रमा लेखेको छ । यो मानिस साधारण मानिस भए यो मानिस बस्ने ठाउँ पत्ता लगाउन सक्नुपर्ने । ‘यो मानिस रातमा कहाँ बस्छ ?’ यो अझैसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । ... महादेव दिनभरि यहाँ आएर बस्छन्, रातमा पार्वतीका साथ बस्न कैलाशमा जाने गर्छन् ।...

सेठका छोराको केही दिन पहिले मात्र विवाह भएको थियो । विवाह गरेको केही दिनपछि सेठकी बुहारी भएपछि सेठका परिवारले त्यो अनौठो मानिसको झन् ख्याल राख्न थाले । उसलाई लगेर दुध, केरा, चिउरा, मिठाइहरू चढाउन थाले । 

सेठले कैयौँपल्ट उसका अगाडि गएर भन्दथे ‘हे महादेव दया गर ।’ यसो गर्नु कुनै नयाँ कुरा थिएन । प्रायः केही मानिस “सिकिस्त बिरामी भयो र अरू औषधीमूलोले निको भएन भने, मानिसहरूले गएर त्यो मानिसलाई फूल, प्रसाद चढाउँथे र मनमनै आराधना गर्थे । त्यसो गरेर प्रायः कैयाँै मानिसहरूलाई सन्चो पनि भइहाल्थ्यो ...।

नभन्दै सेठकी बुहारीलाई केही सन्चो भएर गयो । यो देखेर त्यो मानिसप्रति सेठका परिवारको झन् श्रद्धा र विश्वास बढेर गयो । त्यो मानिसको झन् ख्याल हुन थाल्यो, झन् हेरविचार... दुध, भात, केरा, फलफूल... । 

तर केही दिनपछि.....

अकस्मात् रोग बढेर सेठकी बुहारीको मृत्यु भयो । 

बुहारीको मृत्युले सेठको मनको पीर उम्लियो । 

उनको ध्यान फेरि पिपलका रुखमुनि बसेको त्यो मानिसमाथि गयो । 

उनका आँखाका अगाडि त्यो रहस्यमय व्यक्तिको तस्बिर नाच्यो, फुस्रो, मैलो, फोहोर र भयानक... । 

‘त्यो मानिसमाथि सेठको कतिको श्रद्धा र विश्वास थियो ।’

तर बुहारीको आकस्मिक मृत्युले सेठको त्यो मानिसमाथिको श्रद्धा खतम भयो । त्यसमाथि उनका मनमा व्रmोध र घुस्सा उम्लेर आयो । 

त्यही भूतले नै मेरी बुहारी खायो । घरका नजिकै भूत प्रेतको बास भएपछि पनि... । सधँै पिपलको रुखमुनि बस्ने राक्षस नभएर को हो ।’ सबैले रिसले दाह्रा किट्दै भने, “यस्तो भयानक, जसको पायो उसको जुठो खाने, त्यो भूतप्रेत नभएर अरू के हुन्थ्यो ? ...त्यो राक्षस नभएको भए यस्तो अलच्छिन् हुन्थ्यो ? ... भर्खरको बैँसमा नै ... ।”

त्यसपछि सबैले लौराहरू समाते र रिसले मुरमुरिँदै बाहिरतिर दगुरे । 

सबैले आफ्नो लौरो त्यो मानिसमाथि बर्साए । 

एक चोट दुई चोट... कैयौँ चोट । “ऐøया ।” भन्दै त्यो मानिस पल्टियो । सेठको अर्काे एक चोटले त्यसका नजिकै रहेको हाँडी फुटेर १०० टुक्रा प-यो । लौराको चोटले त्यो मानिसको शिरमा गहिरो चोट प-यो । त्यसबाट रगतका धारा सबैतिर पुगे । त्यसको सारा शरीर रगतले मुछियो । 

बजारका मानिसहरू पनि सबै जना त्यहाँ दगुर्दै जम्मा भए । 

पहिले ता सबै जना अल्मल्ल परे तर पछि सेठको कुरा सुनेर सबैले एकै स्वरले भन्न थाले, “यो पक्कै पनि भूत हो... राक्षस हो । यसलाई यहाँ बस्न दिन हुन्न ।”

सबैले त्यसलाई पिट्न थाले, घोक्या-उन थाले...

मानिसहरूले घोक्या-उँदा त्यो केही पर गयो तर फेरि फर्केर आफ्ना ठाउँमा आयो र यताउता छरिएका ठाउँका हाडीका टुक्राहरू टिप्न थाल्यो । 

मानिसहरूले त्यसलाई फेरि समातेर घोक्या-उन थाले तर त्यो आफ्ना फुटेका हाँडीका टुव्रmाहरूलाई छातीमुनि च्यापेर, तिनीहरूको रक्षाका लागि मोर्चा कसे झँै गरेर सुत्यो...।

मानिसहरूले त्यसलाई केही परसम्म घोक्या-एर सबै जना घरतिर गए । त्यसले हाँडीका सबै टुक्राहरूलाई टिपेर दौराका फेरामा पोको पा¥यो । 

त्यही बेला...

सेठका घरबाट बाहिर लास निस्क्यो । 

लास नदीतिर गयो पछाडि सयकडौँ मलामीहरू ...। 

अगाडि सेतो कपडामा लास बेरिएको थियो, पछाडि मानिसहरू रुँदै कराउँदै गइरहेका थिए । 

सेठकी बुहारीको मृत्युमा सबै जना दुःखी थिए ........

‘त्यो’ मानिसलाई त्यो हाहाकार 

जुन बेला

ठिक त्यही बेला...

पिपलको रुखमुनिबाट उठेर एउटा भीखमङ्गा वनतिर हिँड्यो । उसले हाँडीका टुव्रmाहरूलाई दौराका फेरामा पोको पारेर लगिरहेको थियो । ऊ चिन्तित थियो, उसका शरीरबाट बगिरहेको रगतका धाराहरूका लागि होइन, उसको फुटेको हाँडीका निमित्त... त्यो एक्लै थियो, त्यसका साथमा मिलेर रूने कोही थिएन । 

त्यसको एक मात्र सम्पत्ति, साथी त्यही हाँडी थियो । 

तर त्यसको हाँडी अब फुटेको थियो... अब फुटेका टुव्रmाहरू मात्र बाँकी थिए । त्यो सधैँ नै घाम अस्ताए पनि वनमा पस्ने गथ्र्यो तर आज त्यो वनमा पस्ने बेलामा सूर्यका तेजहरू अझै पनि चम्किरहेका थिए । 

सधैँभरि त्यो निस्फिव्रmीका साथ कदम बढाउँदै जान्थ्यो तर आज उदास थियो । 

त्यो गयो... ।

एक पल्ट पनि पछाडि नहेरीकन, दायाँबायाँ नहेरीकन... ।

त्यो सधैँका लागि, गयो...। त्यसपछि बेपत्ता भयो... त्यसपछि कैल्यै पनि फर्केर आएन । ...

एक दिन मानिसहरूले देखे 

खोलाको तीरमा...

जहाँनेर सेठको बुहारीको दाहासंस्कार भएको थियो, त्यही ठाउँमा खालाले एउटा लास बगाएर ल्याएर पल्टाइदिएको थियो । 

त्यो लास पिपलको रूखमुनि बस्ने मानिसको थियो, जसलाई सबैले भूत भनेर पिटेर निकालेका थिए । 

अझ पनि उसका शरीरमा सेठका मानिसहरूले कुट्दा बनेका घाउहरू थिए तर कुहेर किरा परेका ...।

उसका शरीरमा उनै कपडा थिए...।

कम्मरमा एउटा रूमालमा केही पदार्थ बाँधेको जस्तो देखिन्थ्यो । मानिसहरूले आपसमा मुखामुख गरेर कुरा गरे, “यस्ता मागीखानेले त पैसा सुनचाँदी राखेका हुन्छन् ।”

सबैले कम्मरको रूमाल फुकाएर हेरे ।

तर त्यहाँ पैसा थिएन ...

त्यहाँ थिए ....

फुटेका डाँडीका टुक्राहरू...

पाल्पा जेल, २०१२ मार्ग ८ गते

मधुपर्कको विशेष अनुरोधमा साहित्यकार तथा वरिष्ठ राजनीतिज्ञ मोहनविक्रम सिंहबाट प्राप्त हालसम्म अप्रकाशित उहाँद्वारा लिखित कथा ।)  मधुपर्क