• ८ साउन २०८१, मङ्गलबार

स्याङ्जा अस्पतालमा बालरोग सघन उपचार सेवा

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन ७ गते । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ । गत वैशाख महिनादेखि अस्पतालमा बालविशेषज्ञसहित प्रवाह गरिए पनि अब सबै उपकरणसहित सेवा दिन थालिएको हो । 

यहाँ भेन्टिलेटर सहितको नजजाात शिशु उपचार कक्ष(पीआइसीयु) र बालराोग सघन उपचार कक्ष(एनआइसीयु) सेवा सुचारु गरिएको हो । पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको अस्पतालमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बालरोग सघन उपचार सेवा औपचारिक सुचारु गर्नुभएको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशीलकुमार मरासिनीले अस्पतालमा छ वटा भेन्टिलेटरसहित आठ बेडको बालरोग सघन उपचार कक्ष निर्माण गरी सेवा दिन थालिएको बताउनुभयो । सेवा सुचारु भएपछि बालबालिकाको स्वास्थ्य उपचारमा पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको डा. मरासिनीले बताउनुभयो । 

पुतलीबजार नगरपालिका-३ कुमालगाउँमा रहेको अस्तालमा डा. विनोद गैरेकाे समूहले बालरोग विशेषज्ञ सेवा दिनेछ । बालविशेषज्ञ सेवा सुरु भएसँगै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा सहज रुपमा पाउने छन् । 

१५ बेडको मान्यता पाएको जिल्ला अस्तालमा ६० बेडको सेवा दिइँदै आइएको छ भने १३ जना स्थायी कर्मचारीले सेवा दिँदै आएका छन् । यहाँ आँखा, दाँत, शल्यक्रियासहितको प्रसूति सेवा, हाडजोर्नी, फिजियोथेरापीसहितको विशेषज्ञ सेवा अस्पतालले दिँदै आएको छ ।