• ७ साउन २०८१, सोमबार

पर्यटन व्यवसायी पाण्डेको निधन

blog

स्वर्गीय श्यामबहादुर पाण्डे

काठमाडौं, साउन ७ गते । नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको पार्थिव शरीरलाई सोमबार ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी उहाँका छोरा प्रसिद्ध पाण्डेले दिनुभयो ।

उहाँ होटल साङ्ग्रिलाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । साथै उहाँ पाटा, हानलगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्धनमा विशिष्ट योगदान दिनुभएको छ । 

यसैबीच, पाटा नेपालले विभिन्न पर्यटन सङ्घहरूमा उहाँको उल्लेखनीय योगदानको साथै पर्यटन र आतिथ्य क्षेत्रको विकास र विकासमा उहाँको अटल समर्पण र जीवनभरको संलग्नता अतुलनीय रहेको जनाएको छ ।