बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) ले दाबी पेस गर्नुभएको छ।
बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ ।
डोटी जिल्लाको ग्रामीण क्षेत्रमा कोदो उत्पादनतर्फ किसानको आकर्षण घट्दाे छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिमा सदस्यहरुको नाम हेरफेर गरेको बारे जानकारी गराउनु हुनेछ ।
ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारमा माओवादीले समर्थन फिर्ता लिएसँगै एमाले–कांग्रेसलाई औपचारिक रुपमा नयाँ गठबन्धनको सरकार बनाउन बाटो खुला भएको छ ।
काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाई प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नु भएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गर्नुभएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।